Headline

‘पोर्चुगल भन्दा ब्राजिलका रोनाल्डो राम्रो खेलाडी’

Published

on

इन्टर मिलनका पुर्व स्टार खेलाडी क्रिस्टेन भियरीले पोर्चुगिज क्रिष्चियानो रोनाल्डो भन्दा पनि ब्राजिलका रोनाल्डो राम्रो खेलाडी लाग्ने बाताएका छन् ।

डेली मेलमा सोधिएको एक अन्तर्वार्तामा भियरीले भनेः म रोनाल्डो (ब्राजिलका) सँग खेल्न पाएको छु त्यो मेरो लागि भाग्यको कुरा हो । उनी एकदम पूर्ण खेलाडी थिए । उनी बलिया र तिब्र गतिमा बल लिएर अगाडि बढ्ने गर्थे । भियरी र ब्राजिलि रोनाल्डो २००२ सम्म इन्टरमा सँगै खेलेका थिए ।

क्रिष्चियानो रोनाल्डोको बारे भियरी भन्छनः क्रिष्चियानो एक मानवरुपी मेसिन हुन् । उनी जे गरिरहेका छन् त्यो धेरै राम्रो हो । उनी ४० बर्ष सम्म फुटबल खेल्न सक्छन होला । यि दुई मध्ये को राम्रो भनेर सधैं बहस भईरहने छ तर पनि मलाई भने रोनाल्डो डि लिमा राम्रो लाग्छन । उनी धेरै राम्रा खेलाडी थिए । घुँडामा चोट नबोक्नु परेको भए उनी अझै अगाडी बढ्दै धेरै गोल गर्न सक्थे ।

रोनाल्डो डि लिमाले क्रुजेरो, पिएसभी, बार्सिलोना, इन्टर मिलान, रियल म्याड्रिड, एसी मिलान र कोरिन्थिअन्समा आफ्नो खेल जीवन बिताएका थिए । उनले दुई विश्वकप (१९९४ र २००२) पनि जितेका थिए । पोर्चुगिज रोनाल्डो हाल युभेन्टसबाट खेल्दै आइरहेका छन ।

२०१८ मा रियल म्याड्रिड छोडेका रोनाल्डोको नाममा पाँच बालोन डि ओर र एउटा युरो कप रहेको छ ।

Click to comment

Trending