Headline

कोरोना कोषका लागि बार्सिलोना आफ्नो रंगशालालाई प्रायोजकको नाम दिदै

Published

on

कोरोना भाईरसका कारण स्पेनमा ठूलो मानवीय क्षती त भएको छ नै यसले युरोपेली देशलाई आर्थिक संकटले पनि नराम्ररी गाजेको छ ।

सरकारलाई कोरोना भाईरस विरुद्ध लड्नका लागि धेरै संघ संस्थाहरु लागि पारीरहेको बेला स्पेनको सबै भन्दा ठूलो क्लब बर्सिलोनाले पनि आफ्नो रँगशालालाई प्रायोजकको नाम दिदै त्यस बाट आएको रकम कोषमा जम्मा गर्ने तयारी गरेको छ ।

क्याटलन राज्यमा पर्ने बर्सिलोनाको रंगशालाको निर्माण सम्पन्न भएर खोलिएको १९५७ देखी नै क्याम्प नोउ रहदै आएको छ । बार्सिलोनाले २०२०र२०२१ सिजनका लागि नयाँ प्रायोजक खोज्न समेत बार्सा फाउन्डेसनलाई आग्रह गरेको छ ।

“त्यसबाट आएको रकमलाई हामी सरकारको कोरोना कोषमा जम्मा गर्ने छौँ । बार्सिलोना सबै देशवासीको क्लब हो । यस्तो घडीमा हामी सबै एक भएर लड्न आवश्यक छ,” क्लबले भनेको छ ।

स्पेनमा मात्र २१,००० भन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् भने लाखौंँको संख्यामा संक्रमित रहेका छन् ।

Click to comment

Trending