Headline

लेफ्टब्याक डेभिस २०२५ सम्म बायर्नमा नै रहने

Published

on

बायर्न म्युनिखका लेफ्टब्याक अल्फोन्सो डेभिसले जर्मन बुन्डेसलिगासँग अर्को पाँच बर्षको सम्झौता गरेका छन् ।

कोरोना भाइरसका कारण लिग रोकिएपनि मङ्गलवार एक कार्यक्रमकाबीच बायर्न र डेभिसले सम्झौता पत्रमा हस्ताक्षर गरे । डेभिस २०२५ सम्म बुन्डेसलिगा च्याम्पियनसँगै रहने भएका हुन् ।

क्यानेडियन अन्तराष्ट्रिय खेलाडी १९ बर्षिय डेभिस सन् २०१८ को सिजन भ्यानकुभर ह्वाइट क्याप्सबाट बायर्न आएका थिए । उनले जारी सिजन बायर्नका लागि ३१ खेल खेलिसकेका छन् । डेविसले च्याम्पियन्स लिग अन्तर्गत चेल्सी बिरुद्ध प्रिक्वार्टर फाइनल पहिलो लेगमा बायर्नले ३–० को जित हात पार्दासनसनीपुर्ण प्रदर्शन गरेका थिए ।

“बायर्न विश्वको उत्कृस्ट क्लब मध्ये एक हो । बायर्नबाट खेल्न पाउनु भनेको सपना साकार भए जस्तै हो,” डेभिसले क्लबसँगको सम्झौता पछि भने । “बायर्नमा आएको पहिलो दिनबाट नै म निकै खुशी छु । म बायर्नमा जतिसक्दो धेरै उपाधि उचाल्न चाहान्छु । बायर्नको डिएनएमा नै जीत छ ।”

कोरोना भाइरसले बुन्डेसलिगा रोकिनु अघि बायर्न पाँच अंकले लिगको शिर्ष स्थानमा कायन नै रहेको छ । बुन्डेसलिगा मे ९ मा सुचारु गर्ने तयारी जर्मनीले गरेको छ ।

Click to comment

Trending