Headline

सिजन चाडो सकाउने निर्णय लिदै युएफा

Published

on

यएफाले कोरोना भाईरसका कारण बन्द भएका युरोपियन लिगहरुको सिजन सकाउने तयारी गर्ने भएको छ ।

युरोपियन फुटबलको उच्च निकाय युएफाले मंगलबार भिडिओ कन्फ्रेन्स गर्दै सिजन चाँडो सकाउने जानकारी दिएको हो । सबै देशमा फुटबल खेल रोकिए पनि हङ्गेरीमा भने जारी छ । त्यो कुरा पनि ध्यानमा रख्दै निर्णय लिएको युएफाले जनाएको हो ।

युएफाले दुई कार्य समुह बिभाजन गर्दै नयाँ क्यालेन्डर र खेल तालिका बनाउने जिम्मा दिएको जानकारी दिएको छ । तर पनि कोरोना भाईरसका कारण निरन्तरको अनिश्चित्ताले फुटबल कहिले शुरु हुन्छ भन्न सकिने अवस्था भने छैन ।

जर्मनी र डेनमार्कमा लिग अर्को महिना सुचारु गर्ने भनिएको छ । यता इङ्गल्याण्ड पनि आफ्नो लिग जुन भित्रै शुरु गर्न चाहन्छ । फुटबल एक ब्यवसाय मानिने भएकाले आर्थिक घाटा नहोस भन्दै ठूला देशहरु लिग चाडो शुरु गर्ने दाउमा रहेका छन् ।

यता युएफा आँफैले आयोजना गर्ने च्यम्पियन्स लिग भने दुई लेगकै गराउने उसको बुझाई भए पनि यो असम्भव भएको फुटबल बिश्लेषकहरुको भनाइ छ । एक–एक खेल खेलाई फाइनल गराउन पनि युएफालाई सुझाब दिइएको छ ।

युरो २०२०, उमेन्स युरो र अन्य थुप्रै प्रतियोगिता सरेका करणले अगष्ट सम्म सिजन सकाउन युएफालाई दवाब बढ्दै गाएको पाइएको छ ।

Click to comment

Trending