Headline

आइ-लिगको उपाधी मोहन बगानलाई

Published

on

कोरोना भाईरसका करण भारतमा रोकिएको आइ-लीगले नयाँ च्याम्पियन पाएको छ। भारतीय फुटबल निकाय अल ईन्डिया फुटबल फेड्रेसनले लिगमा ३९ अंक सहित शिर्ष स्थानमा रहेको मोहन बगानलाई बिजेता  घोषणा गरेको हो।

भिडिओ कन्फ्रेसिङ मार्फत बसेको बैठकले देशमा भईरहेको महामारीका कारण भएको लकडाउनले खेलहरु पुन: सुचारु गर्न गाह्रो पर्ने भएकाले यो निर्णय लिएको जनाएको छ।

“हामीले गरेको निर्णय अनुसार २०१९-२० सिजन यही समाप्त हुने घोषणा गर्दछौँ । र यो सिजनको हिरो आइ-लिगको बिजेता बन्न सफल भएको टोली मोहन बगान भएको घोसित गरिन्छ।” एआइएफएफले विज्ञप्तिमा भनेको छ ।

मार्च १४ मा सरकारको निर्णय अनुरुप एआइएफएफले आइ-लिग रोकेको थियो। जस्मा मोहन बगनले १६ खेल खेल्दै ३९ अंक बनाएको थियो भने दोस्रोमा चिर प्रतिद्वन्दी इस्ट-बङाल रहेको थियो।

भरतमा अर्को ठुलो लिग ‘हिरो इन्डियन सुपर लिग’ सँग आइ-लिग गाभ्ने भए पछी एआइएफएफको चर्को आलोचना सेमेत हुँदै आएको छ।

Click to comment

Trending