Headline

के थाहा ? न एम्बाप्पेको मुल्य ४० मिलियन युरोमा झर्ने हो की ?

Published

on

कोरोना भाईरसका करण विश्व पूर्ण लकडाउनको स्थितीमा रहेको छ । कोभिड–१९ को संक्रमण हुनबाट बच्न र बचाउन सरकारले सबै मनिसलाई घर भित्रै बस्न आग्रह गरेको छ ।

महामारी अन्त्य भएपनि लामै समयका लागि यसले प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने निश्चित नै छ । कोरोनाको सबैभन्दा ठूलो प्रभाव भने आर्थिक नै रहनेछ । अति बिकसित राष्ट्रहरु नै लकडाउनमा रहेको स्थितिमा विश्व चरम आर्थिक संकट तर्फ धकेलिइरहेको छ ।

यही कुरालाई विष्लेशण गर्दै फ्रान्सका एक राजनीतिकर्र्मी ड्यानियल कोह्न बेन्डिटले ३०० मिलियन युरो पर्ने फुटबल खेलाडी एम्बाप्पेको ट्रान्सफर रकम भोलीको दिनमा ४० मिलियन युरोमा झर्न सक्ने बताए ।

एम्बाप्पेको नाम अब आउने समर ट्रन्स्फरमा धेरै क्लबसँग जोडीदै ३०० मिलियन युरोमा पेरिस सेन्ट जर्माइन छोड्ने कुरा रहेको छ । तर महामरीको रुपमा देखिएको कोभिड–१९ ले अहिले विश्व फुटबल बजार पनि सुनसान रहेको छ । खेलाडीको खरिद बिक्रीको हल्ला आए पनि ब्यापार भने हुन सकेका छैनन् ।

ड्यानियल भन्छनः भोलीका दिनमा ३०० मिलियन पर्ने एम्बाप्पे ४० मिलियनमा झर्ने छन र अर्थिक संकट झेलेका कारण उनलाई कसैले किन्न सक्ने छैनन। आर्थिक कम्जोरीका कारण पैसाको चलखेल हुन नदिन नियमन हुनेछ । खेलाडीहरुले तलब, प्रचार र छवि अनुरुप पैसा पाउने छन् ।

Click to comment

Trending