Headline

कोरोनाका कारण डिप्रेसनको शिकार बन्दै फुटबलरहरु: सर्वेक्षण

Published

on

विश्वका व्यवसायिक फुटबल खेलाडीहरुको छाता संगठन फिफप्रोले हालै गरेको एक सर्वेक्षण अनुसार कोरोना भाइरसका कारण खेलाडीहरु डिप्रेसन र चिन्ताको शिकार बन्दै गएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोरोनाका कारण खेल गतिविधि ठप्प रहनुका साथै लकडाउनका कारण बाहिर हिड्डुल गर्न र अभ्यास गर्न नपाउँदा खेलाडीहरु डिप्रेसनको शिकार भएको तथ्यांकले देखाएको हो ।

फिफप्रोले जनाए अनुसार २२ प्रतिशत महिला र १३ प्रतिशत पुरुष खेलाडीहरु डिप्रेसनको शिकार बन्दै गएको देखाएको हो । उक्त सर्वेक्षण अनुसार खेलाडीहरुमा डिप्रेसनमा पर्दा देखा पर्ने लक्षणहरु जस्तै कुनै कुरामामा रुची नलाग्ने, की त धेरै अथवा थोरै खाने, खाना नपच्ने, जोश र जाँगर नहुने, आत्मबल कम हुने जस्ता लक्षण देखा पर्न थालेको देखाएको छ ।

यो तथ्यांक गत डिसेम्बर र जनावरीमा लिइएको तथ्यांकको दुई गुणा हो । फिफप्रोले एम्स्टरड्याम विश्वविद्यालय मेडिकल सेन्टरसँग मिलेर गरेको सर्वेक्षणमा १६ देशका एक हजार एक सय ३४ पुरुष खेलाडी र ४६८ महिला खेलाडीको सहभागिता रहेको थियो । त्यस्तै उनीहरुको औषत उमेर पुरुष र महिलामा क्रमशः २६ र २३ रहेको थियो ।

सर्वेक्षणमा एउटा सकारात्मक पक्ष भने भेटिएको थियो । करिब ८० प्रतिशत खेलाडीहरुले आफ्नो दिमागी अवस्था स्वस्थ्य राख्नका लागि पर्याप्त श्रोत र सहयोग पाएका थिए आफ्नो राष्ट्रिय खेलाडीहरुको संघ संस्थाबाट ।

“हामी फुटबलमा मात्र खेलाडीहरुले डिप्रेसनको शिकार भोगेका हुन् भन्न खोजेका हैनौं,” फिफप्रोका महासचिव योनास बेर–हफम्यानले भने । “यो अन्य खेलका खेलाडी तथा आम मानिसमा देखा परेको समस्या हो । फुटबल खेलाडीहरु पनि यहि समाजका सदस्य हुन् तथ उनीहरु र आम मानिसले भोग्ने समस्य उस्तै हुन् ।”

Click to comment

Trending