Headline

ट्वान्टी ट्वान्टी विश्वकपकबारे निर्णय लिदै आईसिसि

Published

on

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसै बर्ष अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको भविष्यको निर्णय आगामी बिहिबार गर्ने भएको छ ।

यस अघि अक्टोबर १८ तारिख देखि नोभेम्बर १५ सम्म आयोजना हुने भनिएको विश्वकप समयमा नै गर्ने कि यसको पनि मिति सार्ने भन्ने बिषयमा टुँगो लगाउन १२ टेस्ट, तीन एसोसियट्स राष्ट्रहरु र आईसीसीका प्रमुख कार्यकारी अधिकृतले भिडियो कन्फ्रेन्स मार्फत टुँगो लगाउने छ ।

विश्वभर कोरोना भाइरसको प्रभावका कारण बिभिन्न खेलकुद गतिविधि ठप्प भएको छ भने क्रिकेट पनि यसबाट अछुतो रहन सकेको छैन । यस अघि टोकियो ओलम्पिक्स २०२०, युरो २०२० जस्ता प्रतियोगिता एक बर्ष धकेलिएका थिए भने बिभिन्न लिगहरु पनि के हुने भन्ने बिषयमा अझै टुँगो लाग्न सकेको छैन ।

कोरोनाको नै कारण मार्चको अन्त्यमा शुरु हुने भनिएको इन्डियन प्रिमिएर लिग (आईपीएल) पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ भने बिभिन्न देश बीचका श्रृंखला पनि हुन सकेको छैन ।

त्यस्तै प्रमुख कार्यकारीहरुको बैठकले सन् २०२३ सम्मका दुई देशीय शृंखला, विश्व टेस्ट च्याम्पियनसिप र क्रिकेट विश्वकप सुपर लिगको बिषयमा पनि टुँगो लगाउने छ ।

Click to comment

Trending