Headline

कोरोनाका कारण दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण रद्द 

Published

on

विश्वभर फैलिएको कोरोना भाइरसका कारण दक्षिण अफ्रिकाले गर्ने श्रीलंका भ्रमण रद्द भएको छ । जुनमा हुने भनिएको शृंखला दुबै बोर्डको मन्जुरीमा कोरोनाका कारण रद्द गरिएको हो ।
दक्षिण अफ्रिका र घरेलु टोली श्रीलंका बीच समान ३-३ ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय र एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको थियो ।
दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्नो टुइटरमा लेखेको छ, ‘दक्षिण अफ्रिका क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डले संयुक्त रुपमा दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण रद्द गर्ने निर्णय गरेको छ । श्रीलंका भ्रमणका क्रममा समान ३-३ ट्वान्टी ट्वान्टी र एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको थियो ।’
दक्षिण अफ्रिका क्रिकेट बोर्डका कार्यबाहक प्रमुख कार्यकारी ज्याक्स फौलले शृंखला खेलाडीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हालको लागि रद्द गरिएको जनाए । त्यस्तै दक्षिण अफ्रिकामा जारी लकडाउनले गर्दा पनि खेलाडीहरुले अभ्यास गर्न सक्ने सम्भावना पनि कम रहेको उनले बताए ।
दक्षिण अफ्रिकाले अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ एकदिवसीय लिग अन्तर्गत एकदिवसीय तथा अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको तयारीका लागि ट्वान्टी ट्वान्टी शृंखला खेल्न लागेको थियो ।

Click to comment

Trending