Headline

‘मेस्सीले बार्सिलोना बाट मात्र शन्यास लिनेछन्’

Published

on

पछिल्लो समय बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र क्लबबीच सम्बन्ध बिग्रिएको हल्ला चल्न थालेसँगै अर्जेन्टिनी स्टारले अब क्लब छोडेर अन्यत्र जाने आंकलन गर्न थालिएको छ ।

तर स्पेन तथा क्याटलन क्लबका पुर्व खेलाडी सेस फाब्रिगास भने मेस्सीले बार्साबाट नै आफ्नो व्यवसायिक खेल जीवनबाट शन्यास लिने बताउँछन् । फाब्रिगास भन्छन्ः मेस्सीले बार्सिलोनाबाट नै शन्यास घोसणा गर्ने छन् । उनी एक–क्लब खेलाडी हुन् ।

मैले मेस्सीसँग कुरा गरेको छु र उनी पनि आफ्नो खेल जीवन बार्साबाट नै समाप्त होस भन्ने चाहान राख्छन् । क्लबमा धेरै कुरा हुन्छन् । तर पनि म उनले बार्सिलोनाको बाहेक अरु क्लबको जर्सी लगाउदैनन् भन्नेमा बिश्वस्त छु ।

अर्जेन्टिनी कप्तान मेस्सी १३ बर्षको उमेरदेखि क्याम्प नाउमा छन् र बिभिन्न क्लबहरुले भित्र्याउन चाहेपनि उनले आफु बार्सिलोना बाहेक अन्य क्लबमा आबद्ध नहुने बताउँदै आएका छन् । बार्सिलोनासँग सम्बन्ध बिग्रिए पछि मेस्सी म्यानचेस्टर सिटी जाने हल्ला पनि चलेको थियो ।

तर सिटीलाई च्याम्पियन्स लिग खेल्नबाट प्रतिबन्ध लागे पछि उनी सिटी नजाने पक्का-पक्की नै छ ।

बार्सिलोना सी र बी हुँदै सन् २००४ मा बार्सिलोनाको मुख्य टोलीबाट खेल्न थालेका मेस्सीले क्लबको लागि ४७४ खेल खेलिसकेका छन् । ४ सय ७४ खेलमा उनले चार सय ४८ पटक बललाई जाली चुमाएका छन् ।

त्यस्तै फाब्रिगासले मेस्सी र रोनाल्डो दुवै नै उत्कृस्ट खेलाडी रहेको र उनीहरुले अघिल्लो १० बर्ष भन्दा बढी फुटबलमा राज गरेको मान्छन् । फाब्रिगास भबिष्यमा फ्रान्स र पेरिस सेन्ट जर्माइनका किलियन एमबाप्पेले अर्को १० बर्ष फुटबलमा राज गर्ने बताउछन् ।

Click to comment

Trending