Headline

नेमारलाई राख्न जति पनि पैसा तिर्न तयार पिएसजी

Published

on

युरोपका ठूला क्लबहरुमा ब्राजिलियन स्ट्राइकर नेमारलाई भित्र्याउन हरेक ट्रन्स्फर विन्डोमा देख्ने गरिन्छ । ती मध्ये रियल म्याड्रिड, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड उनलाई किन्न आतुर हुने गर्छन् भने आफ्नै पुरानो क्लब बार्सिलोना पनि नेमारलाई टिममा फर्काउन चाहन्छ ।

२०१५ मा बर्सिलोनाले एतिहासिक तेहोरो उपाधि जित्दाका मुख्य खेलाडी समेत रहेका नेमार त्यसपछि क्लब छोड्दै फ्रेञ्च क्लब पेरिस सेन्ट जर्माइन पुगेका थिए । २०१७ मा पिएसजी पुगेका उनले ५ बर्षको सम्झौता गरेका थिए ।

अनुबन्धन समय सिमा टुँिगदै गर्दा एक पटक फेरि नेमारले ट्रान्सफर मार्केट तताउने छन् । तर पिएसजीले भने नेमारको लागि नयाँ सम्झौता गर्न तयार रहेको बाताएको छ । पिएसजी नेमारलाई प्रति हप्ता ७ लाख युरो तिर्न तयार रहेको पनि खुलाएको छ ।

नयाँ सम्झौता २०२५ सम्म गर्ने र त्यस्मा बोनसको पनि व्यवस्था गर्ने पिएसजीले जनाएको छ । नेमार बार्सिलोना फर्कने कुरा चल्दै आए पनि कोरोना भाईरस र फुटबल रोकिएको करणले यो टा«न्स्फर हुने नहुनेमा कुनै पनि क्लब निर्धक्क हुन सकेका छैनन् ।

हाल नेमार साताको ६ लाख पाउण्ड तलव खाइरहेका छन । २८ बर्षे नेमारको सम्झौता पिएसजीसँग २०२२ मा सकिनेछ ।

Click to comment

Trending