Headline

रोमाका खेलाडी तथा प्रशिक्षकले चार महिनाको तलब नलिने

Published

on

इटालियन सिरी आ क्लब एएस रोमाका खेलाडी, प्रशिक्षक र टोलीका सदस्यले चार महिनाको तलब नलिने भएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण कुनै पनि खेलकुद गतिबिधि हुन सकेको छैन भने इटाली र त्यहाको घरेलु फुटबल सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । कोरोनाको प्रकोप फैलिनु अघि मार्चमा सिरी आ का केहि खेलहरु बन्द रंगशालामा (दर्शक बिना) खेलाइएको थियो ।

लगत्तै घरेलु फुटबल स्थगित भएको थियो भने लकडाउन शुरु भएको थियो । अहिले विश्वका अधिकांश शहरहरुमा लकडाउन कायम रहेको छ । कोरोनाको सबैभन्दा ठूलो प्रभाव अति बिकसित राष्ट्रहरुमा नै देखिएको छ । एएस रोमा भने मे ४ बाट प्रशिक्षण शुरवात गर्न सक्नेमा आशावादी छ ।

रोमाका खेलाडीले क्लबको खेलहरु रद्द भएका कारण क्लबलाई आर्थिक दवाब पर्ने भएकाले चार महिनाको तलब नलिने भएका हुन् । तर यदि यो सिजनका बाँकी खेलहरु संचालन भएमा भने उनीहरुले इन्सेन्टिभ (प्रोत्साहन रकम) भने लिने छन् । त्यस्तै टोलीले नलिएको तलबबाट निम्न वर्गका क्लब कर्मचारी तथा आवस्यक परेकाहरुलाई बाढ्ने समाहित भएको रोमाले जनाएको छ ।

रोमाका प्रमुख कार्यकारी अधिकृत गुइडो फेंगाले भनेः “रोमामा हामी सधैं एकताको कुरा गर्ने गर्छौ । हाम्रो क्लबका खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यले चार महिनाको तलब नलिने घोषणा गरेसँगै हामी यसलाई कति महत्व दिन्छौं भन्ने पुष्टि हुन्छ ।”

“हामी चाँडो भन्दा चाँडो खेलमा फर्किन र गोल गर्दै खेल जित्न चाहन्छौं । खेलाडी, प्रशिक्षक र टोलीका सदस्यको त्यागले हामी अर्को सिजन यो भन्दा अझ राम्रो भएर आउने छौं,” उनले भने ।

इटालीमा एक लाख ७५ हजार कोरोना संक्रमित रहेका छन् भने २३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । चिनको वुहानबाट शुरु भएको कोरोनाले इरान र इटालीमा ताण्डव मचाउन शुरु गरेको थियो । त्यस पछि युरोपका अन्य देश हुँदै यसले सबैभन्दा बढी अमेरिकालाई असर गरेको छ ।

Click to comment

Trending