Headline

भारत र पाकिस्तान बीच कोरोनाका लागि च्यारिटी खेल !

Published

on

पाकिस्तान क्रिकेट टोलीका पुर्व तिब्र गतीका बलर शोएब अख्तरले कोरोना प्रभाबितहरुका लागि लक्षित गरेर  भारत  र पाकिस्तान बीच च्यारिटी खेल खेलाउने सुझाब दिएका छन् ।

आफ्नो युट्युबमा बोल्दै अख्तरले पाकिस्तान र भारत सरकारले आ-आफ्नो बोर्डलाई भनेर दुई देश बीच तीन ट्वान्टी ट्वान्टी अथवा एकदिवसीय खेलको शृंखला खेलाउन पर्ने सुझाब दिएका हुन् ।

सन् २००८ मा मुम्बईको ताज होटलमा भएको आतंककारी हमला पछि भारतले पाकिस्तानसँग कुनै पनि शृंखला नखेल्ने निर्णय गरेको थियो । तर त्यसको पाँच बर्ष पछि सन् २०१३ मा भारतले आफ्नै घरेलु मैदानमा तीन खेलको एकदिवसीय खेलको शृंखला खेलेको थियो भने त्यस पछि यी दुई टोलीको भेट आईसीसी अथवा एसीसीको प्रतियोगिताहरुमा मात्र भेट हुने गरेको छ ।

अख्तरले आफ्नो धारणा दिँदै भनेका छन्, ‘मेरो बिचारमा पाकिस्तान र भारतले तीन खेलको ट्वान्टी ट्वान्टी अथवा एकदिवसीय खेलको शृंखला आयोजना गर्दा राम्रो हुन्छ । खेल अघि सबै खेलाडीको कोरोना भए नभएको जाँच गर्न पर्छ र खेल बन्द रंगशाला (दर्शक बिहिन रंगशाला) मा खेलाउनु पर्छ ।’

‘अहिले विश्वभर कुनै पनि खेल संचालनमा छैनन् । यदि पाकिस्तान र भारत बीच बन्द रंगशालामा खेल आयोजना भयो भने पनि मानिसहरुले टिभीमा प्रत्यक्ष प्रशारण हेर्नेछन् ।टिभी राइटबाट ठुलो रकम लिन सकिने छ । त्यस्तै लकडाउनका कारण मानिसहरुसँग गर्ने काम नभएकाले यस प्रतियोगिता खेलकुद इतिहासमा नै सबैभन्दा धेरैले प्रत्यक्ष प्रशारण हेर्ने किर्तिमान पनि बन्न सक्ने छ । ‘

उनले अगाडी थपे, ‘यदि भारतका कप्तान बिराट कोहलीले शतक प्रहार गरेमा पाकिस्तानका समर्थ तथा पाकिस्तानका ब्याट्सम्यान बाबर अजामले शतक प्रहार गरेमा भारतका समर्थक खुशी हुनेछन् । खेलकुद इतिहासमा नै कुनै पनि टोलीले हारको सामना गरेमा पनि विजयी हुनेछ ।’

चिरप्रतिद्वन्दी भारत र पाकिस्तान दुबै देशमा कोरोनको प्रभाब दिनदिनै बढदै गएको छ । पाकिस्तानमा एक सय ५० भन्दा बढी र भारतमा पाँच सय ५० भन्दा बढीको कोरोनाले ज्यान लिइसकेको छ ।

Click to comment

Trending