Headline

आफ्नै पुर्व क्लब रोमाको मैदान नटेक्ने टोट्टीको घोषणा

Published

on

इटाली तथा एएस रोमाका पुर्व खेलाडी फ्रान्सेस्को टोट्टीले आफ्नो पुर्व क्लबको मैदान प्रवेश नगर्ने घोषणा गरेका छन् ।

२००६ का बिश्वकप बिजेता साथी लुका टोनीसँग हालै इन्स्टाग्राममा प्रत्यक्ष कुराकानी गर्दै टोट्टीले रोमाको अध्यक्षमा पदमा जेम्स पलोट्टा रहुञ्जेल आफू क्लबको मैदान नै प्रवेश नगर्ने बताएका हुन् । रोमामा ३० बर्ष बिताएका टोट्टीले सन् २०१७ को मे मा क्लबबाट सन्यास घोषणा गरेका थिए ।

रोमाको जर्सीमा ७८६ खेल खेलेका उनले क्लबका लागि ३०७ गोल गरेका थिए ।

“जब सम्म जेम्स पलोट्टा क्लबको अध्यक्ष रहने छन् तब सम्म म रोमाको मैदानमा टेक्ने पनि छैन,” टोट्टीले टोनीलाई भने । “म मेरो छोरा क्रिस्टियनलाई छाड्नका लागि रोमाको रंगशाला जान्छु तर ढोका बाहिर नै बस्छु । कहिले काही कार भित्र बस्दै मलाई ३० बर्षपछि सम्झदै रुन मन लाग्नेछ ।”

“मैले छोडे, यो कुरा त्यही सकियो । अझै पनि क्लबमा मेरा धेरै राम्रा साथीहरु छन् । उनीहरु बाहिर आउदा म क्लबको गेटमा बसेर उनीहरुसँग कुरा गरेर बस्छु । मलाई मेरो छोराले भित्र आएर खेल हेर्नका लागि बोलाईरहेको हुन्छ । तर म सक्दिन । यसले मलाई भित्र-भित्रै खाइरहेको छ,” आक्रोसित टोट्टीले थपे ।

आफ्नो व्यवसायिक खेल जीवनको पुरै समय रोमालाई दिएका टोट्टी, क्लबका अध्यक्ष पलोट्टाले निर्णय गर्ने जिम्मेवारीबाट आफूलाई अलग गरेको भन्दै ३० बर्षको सहकार्य तोडेका थिए । सकृय खेल जीवनबाट सन्यास लिएपछि टोट्टी क्लबको निर्देशकको रुपमा रहेका थिए ।

Click to comment

Trending