Headline

धोनी र रोहित आईपीएल इतिहासका सर्वश्रेष्ठ कप्तान

Published

on

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र मुम्बई इन्डियन्सका कप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमिएर लिग (आईपीएल) का महान कप्तान घोषित भएका छन् । हालै सार्वजनिक गरिएको एक शोधले धोनी र शर्मालाई संयुक्त रुपमा आईपीएलका महान कप्तान घोषणा गरेको हो ।

सन् २०१३ मा तत्कालिन कप्तान रिकी पोंटिंङलाई पछि पार्दै कप्तान नियुक्त भएका रोहितले मुम्बईलाई चार पटक आईपीएलको उपाधि दिलाएका थिए भने पहिलो संस्करण देखि चेन्नईको कप्तानी गरेका धोनीको टोलीले तीन पटक उपाधि चुमेको थियो । धोनीको कप्तानीमा चेन्नईले तीन पटक उपाधि जीत्नुको साथै १० पटक प्लेअफ सम्म पनि स्थान बनाउन सकेको थियो ।

त्यस्तै दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा रोयल च्यालेन्जर्स बंग्लोरका मध्यक्रमका ब्याट्सम्यान एबी डी भिलियर्स आईपीएल इतिहासका सर्वश्रेष्ठ ब्याट्सम्यान तथा बलिङ तर्फको सर्वश्रेष्ठ श्रीलंका तथा मुम्बईका तिब्र गतिका बलर लसिथ मालिंगा घोषित भए । अलराउण्डर तर्फको उत्कृस्ट खेलाडी भने अस्ट्रेलियाका पुर्व खेलाडी शेन वाटसन घोषित भए ।

आईपीएलमा कुल १७७ खेल खेल्दै पाँच हजार चार सय १२ रन बनाउन सफल भारत र रोयल च्यालेन्जर्स बंग्लोरका कप्तान बिराट कोहलीले आईपीएल इतिहासका सर्वश्रेष्ठ भारतीय ब्याट्सम्यानको उपाधि हात पारे ।

हालै २० जना पुर्व खेलाडीहरु तथा १०-१० पत्रकार, विश्लेषक तथा सांख्यिकीविद्हरु गरेर कुल ५० जना सम्मिलित एक स्वतन्त्र समितीले गरेको आईपीएलमा गरेको विश्लेषणले सबै खेलाडीको नाम सार्वजनिक गरेको हो ।

Click to comment

Trending