Headline

‘ईपिएलका बाँकी खेल हुन नसके रेलिगेसन हटाउनु पर्छ’

Published

on

इङ्गलिस प्रिमियर लिग (इपिएल) टोली ब्राइटनका मालिक टोनी ब्लुमले लिगको बाँकी खेल कोरोना भाइरसका कारण हुन नसके रेलिगेसन हटाउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीनको बुहानबाट शुरु भएको कोरोना आहिले विश्वका सबै देशमा फैलिएको छ भने यसले अन्य क्षेत्र सहित खेलकुदलाई नै ठप्प बनाएको छ ।

कोरोना कहिले सकिने छ र कहिले सबैकुरा सामान्य हुनेछ भन्ने केहि निश्चित छैन । जसले गर्दा विश्वभर संचालन हुने लिग र प्रतियोगिताहरुको के गर्ने भन्ने बिषयमा केहि टुँगो लाग्न सकेको छैन । त्यस्तै ईपिएल पनि के गर्ने भन्ने निश्चित भएको छैन ।

ब्राइटनका मालिक टोनी ब्लुम भने रेलिगेसन हटाउनु पर्ने धारणा राख्छन् । लिग रोकिनु अघि २९ खेल खेलेको ब्राइटन २९ अंक सहित १५ औं स्थानमा रहेको छ भने बर्नमाउथ, एस्टन भिल्ला र नर्विच रेलिगेसन जोनमा छन् ।

“मैले अब सिजनको बाँकी खेल हुने कुनै पनि छाँटकाँट देखेको छैन । यदि बाँकी खेल नभएको खण्डमा प्रति खेलको आधारमा अंक बाँढिने छ । यो आधारमा जाने हो भने हामी शुन्य दशमलब दुई अंकले रेलिगेसनमा पर्नेछौं,” ब्लुमले भने । “अहिले सम्मको आधारमा १५ औं स्थानको टोली रेलिगेसनमा पर्ने छ ।”

Click to comment

Trending