Headline

नयाँ सम्झौतालाई लिएर बायर्नसँग चिढिए नोयर

Published

on

जर्मन बुन्डेसलिगा टोली बायर्न म्युनिखसँगको सम्झौता नविकरण रोकिएपछि कप्तान तथा गोलकिपर मानुएल नोयर चिढिएका छन् ।

“मैले म्युनिखमा हुँदा जति पनि छलफलहरु गरे ति सबै गोपनीय रहेका थिए, कुनै पनि कुरा बाहिर आएकै थिएन,” नोयरले जर्मनको प्रख्यात पत्रिका बिल्डलाई भने । “तर अहिले नयाँ सम्झौताका बिषयलाई लिएर भएका छलफलहरु बाहिर आइरहेका छन् तर धेरै कुराहरु सत्य भने छैनन् । मलाई यस्तो कुराले चिढाउने गर्छ । म बायर्नमा रहदा यी कुराहरुलाई लिएर अभ्यस्त छैन ।”

नोयरको सम्झौता बायर्नसँग समाप्त हुन गइरहेको हल्लाका बीच उनको यो अभिव्यक्ति आएको हो । बायर्नसँग सम्झौता नहुने हो भने नोयर जुनमा फ्रि एजेन्ट हुनेछन् भने उनलाई प्रिमियर लिग क्लबहरुले लिन पनि सक्नेछन् ।

बिल्डका अनुसार नोयर र उनका एजेन्ट फ्रान्क क्रोथले बायर्नसँग प्रति सिजन २० मिलियन युरो सहित पाँच बर्षको सम्झौता चाहिरहेका छन् । तर क्रोथले कोरोना भाइरसले क्लबहरुलाई आर्थिक रुपमा पनि असर गरिरहेको समयमा यस्तो माग नगरेको स्पष्ट पारेका छन् ।

कोरोना भाइरसका कारण बुन्डेसलिगा पनि अनिश्चितकालका लागि स्थगित भइरहदा बायर्नले फर्वार्ड थोमस मुलर र प्रशिक्षक हान्सी फ्लिकको सम्झौता भने २०२३ सम्मका लागि नविकरण गरिसकेको छ । जर्मनीलाई सन् २०१४ को विश्वकप जिताएका नोयर चार पटकका बर्ष गोलकिपर पुरस्कार बिजेता हुन् ।

बायर्नबाट ३ सय ७३ खेल खेलिसकेका नोयरले १ सय ९१ खेलमा क्लिन सिट राखेका छन् । सन् २०११ मा साल्काबाट बायर्न गएका नोयरले जर्मनीका लागि ९२ अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

Click to comment

Trending