Headline

प्रिमियर लिगमा यो सिजन चम्किएका युवा खेलाडीहरु

Published

on

इङ्गलिस प्रिमियर लिग युवा खेलाडीहरुले एक्सपोजर पाउने एउटा राम्रो प्रतियोगिता हो । अघिल्लो बर्ष लिभरपुलका ट्रेन्ट–एलेक्जेन्डर आर्नोल्ड, क्रिस्टल प्यालेसका वान बिसाखा, चेल्सीका क्यालम हड्सन ओडोइले बिशेष छाप छोडेका थिए । यो सिजन प्रिमियर लिगका उदीयमान खेलाडी को होलान त ?

गोलकिपर, आरोन राम्सडेल

बर्नमाउथका गोलकिपर आरोन राम्सडेलले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै यो स्थान सुरक्षित बनाउन सफल भएका हुन् । २१ बर्षिय राम्सडेलले यो सिजन एक्लैले ३६ वटा गोल बचाएका छन् जुन अन्य गोलकिपर भन्दा धेरै हो । बर्नमाउथले खेलेका २९ मध्ये राम्सडेलले एक खेल मात्र गुमाउदै २८ खेल खेल खेलिसकेका छन् ।

डिफेन्डर, ब्राण्डन विलियम्स

म्यान्चेस्टर युनाइटेडका यी १९ बर्षिय डिफेन्डर विङ ब्याक पोजिसनमा खेल्ने गर्दछन् । लगातार व्यवस्थापक ओले गुनर सोलसायरको नजरमा पर्दै आएका विलियम्सले लिगमा १२ खेल खेलिसकेका छन् । लिभरपुल विरुद्ध बेन्चबाट आएर पनि उत्कृष्ट खेल खेलेका विलियम्सले आउदो दिनमा यूनाइटेडको रक्षापक्ति सम्हाल्ने छन् भन्ने कुरामा दुई मत छैन ।

डिफेन्डर, जफेट टंगांगा

टोटेन्ह्यामका यी डिफेन्डर होजे माउरिन्होेको पहिलो रोजाइका खेलाडी हुन् । २१ बर्षिय डिफेन्डर टंगांगा दुई पोजिसनमा खेल्न सक्ने खेलाडी हुन् । टँगांगा सेन्टर ब्याक र राइट ब्याकमा खेल्न सक्ने खेलाडी हुन् । आउने दिनमा टोटेन्ह्यामको डिफेन्समा उनले राम्रो छाप अवश्य छोड्ने छन् ।

डिफेन्डर, फिकायो टोमोरी

फ्रांक लाम्पार्डको चेल्सीका फिकायो टोमोरीले क्लबका लागि १५ खेल खेलिसकेका छन् भने एक गोल पनि गरेका छन् । २२ बर्षिय टोमोरी सेन्टर ब्याक पोजिसनमा खेल्ने गर्दछन् । ९० मिनेटको खेलमा डिफेन्डर भएपनि ८० भन्दा बडी पास दिन सक्ने क्षमता राख्ने उनी आफ्नो पहिलो प्रिमियर लिग सिजन खेल्दै छन ।

डिफेन्डर, रिस जेम्स

२० बर्षिय डिफेन्डर रिस जेम्स सबैको आँखामा पर्न सक्ने डिफेन्डर हुन् । राम्रो खेल कौशल र तीन छुट्टा–छुट्टै पोजिसनमा खेल्न सक्ने जेम्स विगन एथ्लेटिकमाट लोनमा चेल्सी आएका थिए । उनी डिफेन्डर, लेफ्ट ब्याक र मिडफिल्ड तीन वटै पोजिसनबाट खेल्न सक्छन् । उनले यो सिजन चेल्सीका लागि १७ खेल खेलिसकेका छन् । जेम्सले चेल्सीका लागि चम्पियन्स लिगमा १ गोल समेत गरेका थिए ।

मिडफिल्डर, बुकायो साका

आर्सनलका १८ वर्षिय साका निकै नै उत्कृष्ट फुटबल खेल्ने गर्छन् । मिडफिल्डमा आधुनिक फुटबल खेल्न सक्ने साका लेफ्ट विङमा पनि खेल्ने गर्छन् । साकाले आर्सनलका लागि १८ खेल खेलिसकेका छन् भने १० असिस्ट समेत गर्न भ्याएका छन् ।

मिडफिल्ड, मेसन माउन्ट

मेसन माउन्टले आफुलाई चेल्सीको खेलमा मुख्य खेलाडीको रुपमा स्थापित गर्न सफल भइसकेका छन् । चेल्सीको एकेडेमिमा ६ बर्षको उमेरदेखि खेल्न थालेका माउन्टले सिनियर टोलीका लागि २९ खेल खेलिसकेका छन् । माउन्ट एक अट्याकिङ मिडफिल्डरको रुपमा आफ्नो छाप छोड्न सफल भएका छन् । उनले चेल्सीका लागि छ गोल र चार असिस्ट गर्न सफल भएका छन् ।

मिडफिल्डर, टड क्यान्टवेल

नर्विचका २२ बर्षिय क्यान्टवेलले शुरुवाती खेलहरु धेरै राम्रो खेलेका थिए । टोलीले नजितेको अवस्थामा पनि राम्रो खेल खेल्ने क्यान्टवेल पोख्त मिडफिल्डर हुन् । क्यान्टवेलले २५ खेल खेल्दै नर्विचका लागि ६ गोल गरिसकेका छन् ।

फर्वार्ड, मेसन ग्रिनउड

म्यान्चेस्टर यूनाइटेडका युवा खेलाडी ग्रिनवुड निकै उत्कृष्ट फर्वार्ड हुन् । सोल्सायरको नजरमा उनी बारम्बार पर्ने गरेका छन् । १८ बर्षिय ग्रिनवुडले युनाइटेडका लागि २२ खेल खेल्दै १ं० गोल गरिसकेका छन् ।

फर्वार्ड, इस्माइला सार

लिभरपुलको इन्भिन्सिबल बन्ने सपनालाई चक्नाचुर पार्ने खेलाडी हुन् इस्माइला सार । वाट्फर्डका सेन्टर फर्वार्ड सार २२ बर्षका मात्र छन् । २५ मिलियन पाउन्डमा फ्रेञ्च क्लब रेनेसबाट वाट्फर्ड आएका सारले १९ खेल खेलेका छन् । उनले पाँच गोल र तीन असिस्ट गरेका छन् ।

फर्वार्ड, ग्याब्रियल मार्टिनेली

आर्सनलका १८ बर्षिय यि फर्वार्डको खेल लोभ लाग्दो देखिन्छ । जुलाइमा आर्सनल भित्रिएका मार्टिनेलीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाइसकेका छन् । १४ खेल खेलेका उनले लगातार ६ खेल खेल्दै तीन गोल गरेका थिए । आर्सनलका लागि सबै प्रतियोगितामा १० गोल गरिसकेको उनलाई आर्सनलको भविस्य पनि बताउदै आइएको छ ।

Click to comment

Trending