Headline

खेलेरै सिजन सकाउन चाहन्छन प्रिमियर लिग क्लबहरु

Published

on

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण रोकिएको प्रिमियर लिग कहिले सुरु हुन्छ भन्ने कसैलाई थाहा छैन ।

कोरोना भाईरस (कोभिद–१९) मानिस बाट मानिसमा सर्ने भएका करण फुटबल हुँदा आउने समर्थक, खेल्ने खेलाडी र अन्य थुप्रै कुरामा प्रत्यक्ष असर पर्ने भएका करण इङ्गल्याण्डको फुटबल एशोसिएसनले मार्च १३ देखी सबै खेल रोक्न आदेश दिएको थियो ।

तर यो सिजन सकाउनै पर्ने दवाब भएपछि एफएले महामारी रोकिएको वा नरोकिएको दुबै खन्डमा कसरी खेल सन्चालन गर्ने बिषयमा प्रिमियर लिग क्लबहरुले खेलेरै सिजन सकाउने बताएका छन् ।

कोरोनाका कारण १२,००० मानिसको मृत्यु भईसकेको इङ्गल्याण्डमा यो बर्ष लिग जुन ३० मा सकाउने भनिएको भए पनि कोरोनाका कारण लिग रोकिएको थियो । १६ क्लबले ९ खेल र ४ क्लबको १० खेल बाँकी छदाँ रोकिएको लिगले फुटबलमा धेरै असर परेको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले हतार नगरि काम गर्न सल्लाह दिए पनि यता युइएफएले भने २९ अगस्टसम्म यो खेल क्यालेन्डर सकाउने जनाएको छ । उता दोस्रो तहको च्याम्पियनसिप क्लबहरुलाई भने इङ्गलिस फुटबल लिगले पत्र पठाउदै १६ मे सम्म अभ्यासमा फर्किन आदेश दिएको छ ।

Click to comment

Trending