Headline

इंग्ल्यान्डका विश्व बिजेता पुर्व खेलाडीको कोरोनाका कारण मृत्यु

Published

on

इंग्ल्यान्ड तथा लिड्स युनाइटेडका पूर्व खेलाडी नोर्मन हन्टरको कोरोनाका कारण ७६ बर्षको उमेरमा मृत्यु भएको छ ।

हन्टरको कोरोनाको कारण शुक्रबार बिहान मृत्यु भएको लिड्सले जनाएको छ । उसले आफ्नो वेबसाइट मार्फत उनको मृत्यु भएको जनाएको हो ।

लिड्सले आफ्नो वेबसाइट लेखेको छ, ‘नोर्मनलाई कोरोना संक्रमण लागे पछि अघिल्लो हफ्ता अस्पताल भर्ना गरिएको थियो । नेसनल हेल्थ सर्भिस (एनएचएस) का स्टाफ र उनले कोरोना बिरुद्ध लडेता पनि अन्त्यमा उनको मृत्यु भएको छ ।’

हन्टरले लिड्समा १५ बर्ष बिताउँदै ७२६ खेल खेलेका थिए । ट्याकलका लागि चर्चित हन्टरले लिड्सका लागि खेल्दै एफए कप र लिग कपको उपाधि हात पारेका थिए भने सन् १९७५ मा युरोपियन कपको फाइनलमा जर्मन टोली बायर्न म्युनिखसँग पराजित भएको थियो ।

हन्टर इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जित्दाका पनि सदस्य थिए । उनले इंग्ल्यान्डको लागि कुल २८ खेल खेल्दै दुई गोल गरेका थिए । त्यस्तै हन्टरले सन् १९७४ मा पहिलो पटक आयोजित पीएफए प्लेयर अफ द इयरको उपाधि पनि हात पार्न सफल भएका थिए ।

Click to comment

Trending