Headline

एट्लेटिको म्याड्रिड नै च्याम्पियन्स लिगमा नहुने ?

Published

on

च्याम्पियन्स लिगका लागि युरोपका प्रमुख लिगहरुबाट शिर्ष तीन टोलीले स्थान बनाउने गर्दछन् । चिनको वुहान प्रान्तबाट विश्व भर फैलिएको कोरोना भाईरसका कारण अहिले विश्वभरका फुटबल गतिविधिहरु अनिश्चित कालका लागि बन्द गरिएका छन् ।

युरोपमा अधिकांश देशहरुमा लिग सम्पन्न नभइसकेको स्थितिमा २०२०–२१ को सिजनमा कुन टिमले स्थान बनाउने यसको टुँगो लागिसकेको छैन । यसै बिषयमा छलफल गर्न युइएफएले अप्रिल २३ मा बैठक बोलाएको छ । प्रारम्भिक चरणको छलफलमा लिग सम्पन्न नभएको स्थितिमा अहिले नै माथिल्लो तीन स्थानमा रहेका टोलीहरुलाई च्याम्पियन्स लिगको टिकट दिन सक्नेछ ।

तर यसको सबैभन्दा ठूलो झड्का भने स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडलाई लाग्नेछ । अहिले कै अंक तालिका कायम रहने हो भने एट्लेटिको तेस्रो स्थानमा रहेको सेभिया भन्दा २ अंक पछाडी रहेको छ । चौथो स्थानमै सिजन टुँगिएको अवस्थामा एट्लेटिकोले  युरोपा लिगमा चित्त बुझाउनु पर्नेछ ।

अरु लिगको स्थिती हेर्ने हो भने इटालीमा युभेन्टस, लजिओ, इन्टर र प्ले अफ बाट एटलान्टा च्याम्पियन्स लिग खेल्ने छन भने रोमा, नापोली र एसी मिलानले प्रिमियर लिग क्लब आर्सनल र टोटेन्ह्याम सँग युरोपा खेल्ने छन् ।

प्रिमियर लिगमा भने म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग बाट तीन सिजन प्रतिबन्दमा परे पछी लिभरपुल, लेस्टर र चेल्सीले चम्पियन्स लिगमा सोझै स्थान बनाउने छन् । प्ले अफ बाट म्यान्चेस्टर युनाइटेड खेल्न पाउने छ । बुन्डेसलिगाबाट बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड र आरबी लाइप्जिग चम्पियन्स लिग खेल्ने छन् ।

Click to comment

Trending