Headline

सिजन सुचारु हुँदा इटालीले सबै खेलाडीको कोरोना परिक्षण गर्ने

Published

on

इटालियन फुटबल महासंघले सिजन पुनः सुचारु हुनु भन्दा पहिले आफ्ना सबै खेलाडीहरुको कोरोना परिक्षण गर्ने जनाएको छ ।

मार्च ९ देखी बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालियन सिरी आ अनिश्चित कालका लागि बन्द गरिएको थियो । इटालीमा सिजन कहिले सुचारु गर्ने निश्चित नभए पनि १२ राउन्ड र चार अन्य राउण्डहरु खेल्न अझै बाकी रहेको छ ।

“महामारीको अन्त्य भएपछि हामी च्याम्पियनसिप समाप्त गर्नेछौं,” संघका अध्यक्ष गेब्रिएल ग्रभिनाले भने । उनले थपेः “चाँडै, युइएफाको बैठक हुनेछ । हामी प्रकृया स्थापना गर्नेछौं र त्यसपछि बैठक बस्दै क्यालेन्डरको बारे छलफल गर्ने छौं । मे सम्ममा सबै खेलाडीले परिक्षण गर्न पाउने उनको आशा छ । गर्मिको महिना सम्ममा सबै खाले प्रतियोगिता सकाउन चाहन्छौं ।”

इटाली कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमित देश मध्ये एक हो । यसले फुटबल र खेलाडीहरुलाई प्रत्यक्ष असर गरेको छ ।

यदि सिरी आ को बिजेता अंकको आधारमा गर्न क्लबहरु तयार हुन्छन भने एक अंकका साथ युभेन्टस बिजेता हुने छ भने लाजिओ दोस्रो र इन्टर मिलान तेस्रो हुने छ । रेलिगेसनको बिषयमा भने तल्लो स्थानमा रहेको टोलीहरुले पनि साथ दिदैँ सिजन सक्काउन ब्रेसिआका अध्यक्ष मसिमो सेलिनोले आग्रह गरेका छन ।

Click to comment

Trending