Headline

अगष्ट २९ मा च्याम्पियन्स लिग फाइनलको योजना

Published

on

युरोपियन फुटबल युनियन (युइएफए) च्याम्पियन्स लिगको फाइनलमा अगष्ट २९ मा गर्दै २०१९–२० को सिजन अन्त्य गर्ने योजना तर्फ अघि बढेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय कोरोना भाइरसले असर पारेको यो सिजनको भविष्य बारे छलफल गर्न अप्रिल २३ मा बैठक बस्न गइरहेको छ । एक निर्णय भने लिग फुटबलहरु सम्पूर्ण खेलहरु सकिनु अघि नै अन्त्य गर्नका लागि सहमत हुने रहेको छ, तर त्यसलाई युइएफएले मात्र पारित गर्नेछ ।

बैठकको मुख्य एजेण्डा भने अगष्टको अन्त्यसम्म सिजनको अन्त्य गरिने र यसका लागि महत्वपूर्ण खेलहरु सम्पन्न गरिने रहेको छ । च्याम्पियन्स लिग फाइनलमा अगष्ट २९ मा टर्किको इस्तानबुलमा खेलाइने र युरोपा लिगको फाइनल तीन दिन अघि पोल्याण्डको डान्स्कमा गरिनेछ ।

यो स्थितिमा पुग्नका लागि युरोपाले दुई विकल्प अघि सारेको छ । पहिलो सामान्यतया खेलिदै आएको दुई लेगको क्वार्टर फाइनल र सेमिफाइलन जुलाई र अगष्टमा गरिनेछ । दोश्रो भने घरेलु सिजनको अन्त्यपछि एक मात्र लेग गराएर एक हप्ता भित्रै प्रतियोगिता अन्त्य गर्ने रहेको छ ।

च्याम्पियन्स लिगका ८ मध्ये क्वार्टर फाइन पुग्ने चारवटा टोलीहरुको निर्धारण भइसकेको छ । प्रि क्वार्टर फाइनल अन्तर्गत म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको खेल हुन भने बाकी रहेको छ । युरोपा लिग अन्तर्गत प्रि–क्वार्टरफाइनल सेकेण्ड लेगका सबै खेल खेल्न बाकी रहेकोले योजना बनाउन जटिल रहेको छ ।

Click to comment

Trending