Headline

बन्द रँगशाला हो भने युएस ओपन नहुन पनि सक्छ

Published

on

बिश्वका चार मध्ये एक ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिता युएस ओपन अगष्ट ३१ देखि न्युयोर्कमा शुरु हुनका लागि तय भएको छ । तर न्युयोर्क कोराना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहर भएको छ ।

न्युयोर्कमा १० हजार मान्छेले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् भने दुई लाख भन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा संक्रमित हुने हरुको संख्या ६ लाख नाघिसकेको छ । युएस ओपनको निर्णय जुन अघि लिइने छैन भने बन्द रँगशालामा खेलाइने हो भने प्रतियोगिता नहुने प्रबल सम्भावना रहेको छ ।

युनाइटेड स्टेट्स टेनिस एशोसिएसन (युएसटिए) ले प्रतियोगिता सञ्चालन गर्न सुरक्षित हुने नहुने बिषयमा अध्ययन गर्नका लागि मेडिकल परामर्श समुह पनि गठन गरेको छ । न्युयोर्कमा लकडाउन मे १५ सम्मका लागि बढाइएको छ ।

गत बर्षको युएस ओपन झण्डै ७ लाख ५० हजार मान्छेहरुले फ्लसिङ्ग मिडोजमा गएर प्रत्यक्ष रुपमा हेरेका थिए । यस बर्ष बन्द रँगशालामा युएस ओपन गराउने बिषयमा युएसटिएका प्रमुख कार्यकारी माइक डाउजले भनेः “अहिलेको स्थितिमा हामीले कुनै पनि छलफललाई टेबलबाट हटाइसकेको छैनौं तर बन्द रँगशालामा प्रतियोगितामा नुहेन सम्भावना उच्च रहेको छ ।”

बन्द रँगशालामा प्रतियोगिता गराइदा पनि धेरै मानिसहरुको सकृयता रहने छ । युएसटिए प्रतियोगिता तोकिएको समयमै गर्नका लागि तत्पर रहेपनि यसअघि युएस ओपनको मिति सार्ने इँगित भने गरेको थियो । “मेडिकल बिज्ञहरुले पूर्ण रुपमा सुरक्षित समाधान अगाडी नल्याएसम्म हामीले कुनै विकल्प देखेको छैनौं,” डाउजले भने ।

Click to comment

Trending