Headline

कोरोनाका कारण फुटबल कहिले शुरु हुन्छ नै थाहा छैन

Published

on

अन्तर्राष्ट्रिय फुटबल शुरु त हुन्छ, यसमा दुई मत छैन । तर कहिले ? स्थिति यस्तो छ भन्न नै सकिदैन ।

कोरोना भाइरसको चपेटामा संसारकै अर्थतन्त्रमा व्यापक असर परेको त छ नै, अन्तर्राष्ट्रिय खेलकुद पनि ठप्प नै भएको छ । यसले सबैभन्दा ठूलो असर बिश्वका ठूला फुटबल प्रतियोगिताहरुलाई नै गरिरहेको छ ।

“यो फुटबल सिजनलाई कोरोना भाईरसले रोक्नु नै एउटा ठुलो महमारी हो,” युरोपियन लिगका सहायक जनरल अल्बर्टो कोलम्बोले भने । “युरोपमा फुटबल संघ हरु धेरै छन, प्रिमियर लिग देखी इङ्गलिस लिग कपलाई प्राथमिकता दिदै अरु सदस्यहरु चाहन्छन कि फुटबल चाडै शुरु होस, बेलिजियम र थुप्रै अन्य देशका लिगहरु ले आफ्नो लिग सकाउने तर्खर गरिरहेका छन ।”

युरोपमा फुटबल लिग धेरै देशहरुमा कोभिद–१९ को संक्रमणका कारण अनिश्चितकालका लागि बन्द गर्नु पर्ने अवस्था रहेको छ । प्रिमियर लिग भने अझै नवौँ चरणका खेलहरु कहाँ खेलाउने भन्ने बिषयमा वार्ता मै अड्किरहेका छ । उता जर्मनीको मुख्य लिग बुन्डेसलिगा भने मे देखी शुरु हुने आशा राखिएको छ ।

तर कोलम्बोले धेरै आशा नराख्न अनुरोध गर्दै भनेः “अहिलेको प्राथमिकता हामी प्रतियोगिताहरु गराउन सक्षम हुनुपर्छ भन्ने हो । गर्मिको समयमा प्रतिस्पर्धा पुनः शुरु गर्न सक्षम हुने परिस्थिति श्रृजना गर्न हामी केन्द्रित रहने छौं ।”

अन्य मुख्य युरोपेली देशहरू भन्दा जर्मनीले बढी स्वाब परिक्षणहरू गरेको थियो । कुनै व्यक्ति कोरोनाभाइरसबाट संक्रमित छ वा छैन भनेर थाहा पाउन जर्मनीले परिक्षणहरू गरेको थियो । इटालियन फुटबल महासंघले पनि यो कुरामा ध्यान दिदै खेलाडीहरुको परीक्षण गर्दै मे सम्म लिग सुचारु गर्ने अवस्था श्रृजना गर्ने जनाएको छ ।

Click to comment

Trending