Headline

नेपाली गल्फर प्रतिमा फोर्ब्सको प्रभावशाली युवा सूचीमा

Published

on

फोर्ब्सले हरेक बर्ष निकल्ने प्रभाबशाली युवाको सुचीमा नेपाली गल्फर प्रतीमा शेर्पाले स्थान बनाउन सफल भएकी छिन्।

आ-आफ्ना कार्यक्षेत्रअनुसारका विभिन्न विधाका ३० प्रभावशाली युवाको सूचीमा परेका हुन्। फोर्ब्सका अनुसार यसमा सूचीकृत हुन ३५०० को ‘नोमिनेसन’ भएको थियो। यसमध्ये तीन सय जना छानिए जसमा ५ नेपाली युवाले पनि आफ्नो स्थान बनाएका छन्। ति युवा मध्धे प्रतिमा पनि एक हुन।

प्रतीमा शेर्पा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत छन्। उनी गल्फ खेलाडी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्षमा काम गर्ने बुवाका साथमा बस्दादेखि नै उनले गल्फ खेल्न थालेकी हुन्। ११ वर्षको उमेरमा खेल्न सुरू गरेकी उनको पहिलो गल्फ क्लब रूखको हाँगाबाट बनाइएको फोर्ब्सले लेखेको छ। उनी नेपालकै अब्बल गल्फ खेलाडी मानिन्छिन्। उनका आमाबुवा अझै पनि रोयल गल्फ कोर्षभित्रै बस्छन्।

Click to comment

Trending