Headline

एनसिसिएस–सिप्यान क्रिकेट अवार्डको सबै पैसा राहत कोषमा

Published

on

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले यो बर्ष आयोजना गर्ने भनेको एनसिसिएस–सिप्यान क्रिकेट अवार्डमा खेलाडीलाई पुरस्कृत गर्ने सबै रकम कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध लड्न खडा गरेको कोषमा उपलब्ध गराउने भएको छ ।

यसअघि कोरोना भाइरसका कारण यस बर्षको पुरस्कार अनिश्चितकालका लागि स्थगित गरेको सिप्यानले नयाँ निर्णय लिएर आएको हो । सिप्यानले गत बर्ष देखि नेपाली क्रिकेटका उत्कृष्ट खेलाडी र व्यक्तित्वहरुलाई पुरस्कृत गर्न थालेको हो । दोश्रो संस्करण अब २०२१ मा मात्र हुने भएको छ ।

सिप्यानले बर्ष क्रिकेट खेलाडी पुरुष र महिलासँगै, उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड र बर्षको उत्कृष्ट क्षण गरि पाँच बिधामा सम्मान गर्ने गरेको छ । खेलाडीहरुको पुरस्कारका लागि छुट्टिएको रकम ४ लाख ६२ हजार रहेको छ । सबै रकम कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएको कोषमा जाने भएको छ ।

अवार्डसको मुख्य प्रायोजकको रुपमा न्यासनल कलेज अफ कम्प्युटर स्टडिज रहेको छ ।

Click to comment

Trending