Headline

लकडाउन ?? खेलकुदका यी पाँच उत्कृष्ट चलचित्र हेर्नुहोस त्यसोभए

Published

on

वुहानबाट फैलिएको कोरोना भाइरसबाट चिन तग्रिंदै गरेपनि यसले बिश्वव्यापी रुपमा भने अहिले चरम संकट उत्पन्न गरिरहेको छ । कोरोनाको मारमा युरोपसँगै अमेरिका पनि परेको छ । इटालीमा ८ हजार र स्पेनमा चार हजारभन्दा बढीले ज्यान गुमाउदा युरोपमा मात्रै १५ हजार मारिइसकेका छन् ।

एक व्यक्तिबाट अर्कोमा सर्ने यो भाइरसबाट बच्नका लागि नेपाल सरकारले पनि सतर्कता अपनाउदै सिँगो देशलाई लकडाउन (घरबाट ननिस्कने) को नियम लगाएको छ । दिन कटाउन मुस्किल हुने दिक्क लाग्दो समयमा हामीले खेलकुदका पाँच उत्कृष्ट चलचित्रको बारे बताउने छौं । यी चलचित्र तपाइले हेर्दै दिन काट्न केही राहत मिल्नेछ ।

हूप ड्रिम्स – १९९४ (Hoop Dreams)

अमेरिकाको शिकागोका दुई किशोर, विलियम गेट्स र आर्थर एजी एनबीए खेल्ने सपनाको पछि लाग्छन् । स्टिभ जेम्सद्वारा निर्देशित यो तीन घण्टाको चलचित्रले क्षणिक सफलताको कहानी मात्र दर्शाएको छैन । यसमा गरिबी, टुक्रिएको परिवार, एक असफल शिक्षा प्रणाली र अमेरिकामा लामो समय देखिको रङ्गभेद पनि स्पष्ट नै देखिन्छ ।

अली – २००१ (Ali)

यो चलचित्र अमेरिकन बक्सर मोहमद अलीको जीवनमा आधारित छ । अली विश्वकै प्रख्यात बक्सरमा पर्छन । ओस्कार जितेको डकुमेन्ट्री ह्वेन वि वेर किंग्स ले पहिले नै उनको विरासत पर्याप्त रूपमा समेटेकाले माइकल म्यानलाई फेरि अर्को डकुमेन्ट्री किन बनाउनु पर्यो भनेर धेरैले भनेका पनि थिए । के विल स्मिथले सम्भवतः महान बक्सरको आत्मा र उनको शैलिलाई सटिक ढँगले प्रस्तुत गर्न सक्लान त भन्ने प्रश्न पनि उब्जिएको थियो । दुई दशक पछि पनि स्मिथले सबै शंकालाई चिर्न सफल भएका छन् ।

हाइक्यु – २०१४–२०२० (Haikyuu)

हाइक्यु एक चलचित्र नभै एक टेलि श्रृंखला हो । भलिबलमा आधारित हाइक्यु जापानी कमिक्स बाट साभार गरिएको एनिमेटेड चलचित्र हो । एक सानो माध्यमिक विद्यालयका छात्र हिनाता सोयु टिभीमा राष्ट्रिय प्रतियोगिता हेरे पछि आफ्नो सपना बुन्न थाल्छन् । च्याम्पियनसिपमा लिटल मोन्स्टर (सानो राक्षश) नाम दिइउका सर खेलाडी जस्तो हुन कटिबद्ध सोयउ आफ्नो स्कुलको भलिबल क्लबमा सामेल हुन्छन् ।

दुर्भाग्यवश, राम्रो खेल्ने उनी एक मात्र खेलाडी हुन पुग्छन् भने क्लबसँग अभ्यास गर्ने ठाउँ पनि हुँदैन । यद्यपि उनलाई त्यसले खासै फरक पर्दैन र अन्त्यमा अन्य खेलाडीहरूको साथ र विश्वास प्राप्त गरिसके पछि वास्तविक प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम हुँदै आफ्नो टोलीलाई राष्ट्रिय च्याम्पियनसिप नै जिताउन तत्पर बन्छन् ।

द ड्याम्ड युनाइटेड – २००९ (The Damned United)

शाही परिवारको कहानीको पछि नलाग्दा पटकथा लेखक पिटर मोर्गनको नजर खेलकुद व्यक्तित्वतर्फ जाने गर्छ । उनले लेखेका रसका साथ–साथै ड्याम्ड युनाइटेड एउटा वास्तविक कथा हो जुन फुटबल प्रशिक्षक ब्रायन क्लफको बारेमा थियो । मध्य १९७० को दशकमा क्लफलाई लिड्स युनाइटेड क्लब हेर्ने जिम्मेवारी दिइएको हुन्छ । टम हूपर द्वारा निर्देशित ड्याम्ड युनाइटेड क्लफको चरित्र अध्ययन हो । क्लब हेर्ने क्रममा क्लफको जिन्दगी कसरी परिवर्तन हुन्छ यो चित्रण गरिएको छ ।

मनिबल – २०११ (Moneyball)

डिजिटल युगमा बेसबलबारे चलचित्र मनिबल को भोको हृदय भएका बिली बिन नाम गरेका खेलाडीको कथा हो । ब्राड पिट मुख्य भूमिकामा रहेको यो चलचित्रमा दर्शकले ?चाउने पटकथा रहेको छ । नयाँ खेल खेल्नका लागि एक अन्डरडग हुनु पर्छ भन्ने भावना बोकेको यो चलचित्रले खेलको रमाइलो पाटो देखाउछ । मनिबलमा खेल गुमाउने र खेल जित्नेमा धेरै कथा घुमेयता पनि यो एक उत्कृष्ट खेल चलचित्र हो ।

Click to comment

Trending