Headline

एट्लान्टा–भ्यालेन्सियाको म्याच कोरोना भाइरस ‘जैविक बम’

Published

on

इटालीको बर्गामो प्रान्तका मेयर जियोर्जियो गोरीले फेब्रुवरी १९ मा च्याम्पियन्स लिग अन्तर्गत घरेलु क्लब एट्लान्टा र स्पेनिस टोली भ्यालेन्सियाबीचको खेल जैविक बम रहेको बताउका छन् ।

एट्लान्टाले आफ्नो मैदान मर्मत संहारमा रहेकोले उक्त खेल स्यान सिरोमा खेलेको थियो । उक्त खेलका लागि ४४ हजार दर्शकको उपस्थिति रहेको थियो । त्यही खेलको तीन दिनपछि इटालीमा कोरोना भाइरसका कारण पहिलो मृत्यु दर्ता गरिएको थियो ।

अहिले बर्गामो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित प्रान्त मध्ये रहेको छ । बर्गामोमा कोरोना भाइरसबाट ६ हजार ७ सय २८ संक्रमित भएका छन् । कोरोना भाइरसका कारण सिँगो इटाली नै अहिले बिश्व युद्ध र आर्थिक मन्दिपछि कै संघर्षपूर्ण स्थितिमा पुगेको छ ।

इटालीमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ७ हजार ४ सय नाघिसकेको छ । चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट इटालीपछि सबैभन्दा प्रभावित देश स्पेन बनेको छ । स्पेनमा पनि ३६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । चिनमा भने झण्डै ३३ सय मानिसको मृत्यु भएको छ ।

बर्गामो मेयर गोरीले इटाली र स्पेनमा कोरोनाले तबाही मचाउनुको कारण एट्लान्टा र भ्यालेन्सियाको अन्तिम १६ को खेल मुख्य कारण रहेको बताए । “त्यो खेल जैविक बम नै थियो,” गोरीले स्पेनिस दैनिक मार्कालाई भनेका छन् ।

“त्यो समय के भइरहेको छ हामीलाई थाहै थिएन । यदि भाइरस त्यही समय फैलिएको थियो भने त्यसले ४० हजार मान्छेलाई प्रभाव पारिसकेको थियो । भाइरस हामीबीच फैलिसकेको कसैलाई थाहै थिएन । मानिसहरु समुहमा उक्त खेल हेरिरहेका थिए । भाइरस एक व्यक्तिबाट अर्कोमा फैलिन पुग्यो ।”

भ्यालेन्सियलाई ४–१ ले हराएपछि एट्लान्टाका समर्थकहरु खुशियाली मनाउदै सान सिरोबाट बर्गामो फर्किए । भ्यालेन्सियाका समर्थकहरु पनि फर्किएपछि स्पेनमा त्यो भाइरस फैलिएको आशंका गरिएको छ । कोरोना भाइरस प्रभावित हुनेहरुको संख्या अहिले संसार भरि ५ लाख पुग्न लागेको छ भने २१ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Click to comment

Trending