Headline

टियु क्रिकेट मैदानमा कार्यरत सेते दाईलाई क्रिकेट खेलाडीको सहयोग 

Published

on

टियु क्रिकेट मैदानमा कार्यरत सेते दाई अर्थात् जयबहादुर तामांङलाई नेपाली महिला तथा पुरुष क्रिकेट खेलाडीहरुले सहयोग गरेका छन् ।
गत १५ बर्ष भन्दा बढि समय देखि टियु क्रिकेट मैदानमा ग्राउंड स्टाफका रुपमा कार्यरत तामांङको दुबै मृगौलामा समस्या देखिए पछि उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएर उपचार गरिंदै छ । उनलाई पहिलो पटक गत फागुनको तेश्रो साता समस्या देखिएको थियो ।
मृगौला रोगबाट पिडित सेतेलाई महिला तथा पुरुष क्रिकेट खेलाडी तथा प्रशिक्षकले संकलन गरेको एक लाख ३३ हजार नगद सहयोग गरिएको हो । रकम संकलन क्रिकेट प्लयर्स एसोसियसन अफ नेपाल (सिप्यान) को पहलमा गरिएको हो ।
संकलित रकम नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, प्रशिक्षक जगत टमाटा र सिप्यनका सचिव राजु बस्न्यातले वीर हस्पिटल पुगेर तामांङकी श्रीमती निर्माया तामांङलाई हस्तान्तरण गरेका थिए ।

Click to comment

Trending