Trending

कार्डिफका पुर्व खेलाडी पिटरको ३५ बर्षको उमेरमा निधन

Published

on

पूर्व इङ्ल्यान्ड अन्डर २१ का खेलाडी पिटर व्हाइटिङहमको मृत्यु भएको छ। ब्यारीको एक पबमा लडे पछि उन्को टाउकोमा गम्भीर चोट लागेको थियो।

साउथ वेल्स पुलिसले बयानमा उनी पबमा लाडेको र उपचारका लागि हस्पिटल लगिएको जनाएको थियो।

विज्ञप्तिमा मार्च ७ मा रातको करीव १० बजे साउथ वेल्स पुलिसलाई घटना घटी सके पछि ब्यारीमा बोलाइएको थियो।

पेनार्थका ३५ वर्षीय पिटरको टाउकोमा चोटपटक लागेको थियो। कार्डिफको वेल्स विश्वविद्यालय अस्पतालमा उनको उपचार भइरहेको थियो।

“यस चरणमा कुनै आपराधिक कार्यको कुनै प्रमाण वा सुझाव छैन, र यो त्यो घटना दुर्घटना भएकि जस्तो देखिन्छ” वेल्स पुलिसले भन्यो

पिटरले कार्डिफ सिटि र अस्टन भिल्लामा आफ्नो खेल जीवन बिताएका थिए।

Click to comment

Trending