Headline

नेपाल इंग्ल्यान्ड भ्रमण स्थगित 

Published

on

आगामी मेमा नेपाली फुटबल टोलीले गर्ने भनिएको इंग्ल्यान्ड भ्रमण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वेबसाइट मार्फत अनिश्चित समयका लागि भ्रमण सर्ने जनाएको हो ।
नेपालली फुटबल टोलीले इंग्ल्यान्ड भ्रमणका क्रममा इंग्ल्यान्ड सी टोलीसँग मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम रहेको थियो । तर विश्वभर फैलिएको कोभेड १९ (कोरोना भाइरस) का कारण मैत्रीपुर्ण खेल हालका लागि रद्द भएको हो । एन्फाले अर्को सुचना प्रकाशित नभए सम्मका लागि रद्द भएको जनाएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्गल्याण्डको सी टिमसँग मे २५ मा खेल्ने कार्यक्रम रहेको थियो । नेपाल भ्रमणमा आएको इङ्गलिस एफएको टोली र अखिल नेपाल फुटबल संघले दुई महिना अघि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

इङ्गल्याण्ड सी बाट इङ्गल्याण्डको पाचौं डिभिजनका खेलाडीहरु खेल्ने गर्दछन् । इङ्गलिस फुटबलमा लिग टु पछि इङ्गल्याण्ड सीको टिमलाई लिने गरिन्छ । इङ्गलिस एफ ए का प्रतिनीधि लरेन्स जोन्सले नेपालको बिरुद्ध खेल्ने खेलाडीहरु पूर्ण रुपमा व्यवसयिक रहने बताए ।

इङ्गलिस एफए र एन्फाबीच होम एण्ड अवे खेल गर्ने सम्झौता भएको थियो । २०२० मा नेपाली राष्ट्रिय टोली इङ्गल्याण्ड जाने र २०२१ कै मे मा इङ्गल्याण्ड सी नेपाल आउने कार्यक्रम रहेको थियो । २०२१ म हुने खेलको मिति तय हुन भने बाकी नै रहेको छ ।

Click to comment

Trending