Headline

तथ्यांक छोड्दिनुस, फर्मिनो विश्वस्तरीय खेलाडी हुन्ः क्लोप

Published

on

कुनै पनि खेलाडीले प्रहार गरेको गोललाई नै आधार मान्ने हो भने रोबर्टो फर्मिनोले लिभरपुलका लागि यो सिजन गोल गर्न सकेका छैनन् । तर एउटा खेलाडीले आफ्नो टोलीको लागि गरेको योगदानलाई आधार मान्ने हो भने उनी लिभरपुलका निकै महत्वपूर्ण सदस्य हुन् ।

माथिको भनाई लिभरपुलका व्यवस्थापक योर्गेन क्लोपको हो । यो सिजन ब्राजिलियन स्ट्राइकर फर्मिनोले लिभरपुलको लागि मात्र २० गोल गरेका छन् । शायद विश्वस्तरीय स्ट्राइकरका लागि एक सिजनमा २० मात्र गोल संख्यात्मक हिसाबले निकै कम हुन सक्छ । तर पनि क्लोप फर्मिनोको प्रदर्शनमा खुशी छन् र अझै यस्तै प्रदर्शन गर्नेमा आशावादी पनि ।

“फर्मिनो विश्वस्तरीय स्ट्राइकर हुन्,” क्लोप भन्छन् । “यदि टोलीको लागि कुनै पनि खेलाडीले महत्वपूर्ण योगदान गर्दछन् भने तथ्यांकले धेरै मान्यता राख्दैन । लिभरपुलको लागि फर्मिनोले यस्तै गरेका छन्। तपाईले बबी जस्तो निस्वार्थ खेलाडी कमै भेट्नु हुन्छ । उनी बल यता उता खेलाउन, पास दिनमा नै खुशी हुन्छन् । अनि चार पाँच हप्तापछि बल्ल मैलें त गोल नै गरेको छैन भनेर बिचार गर्छन ।”

फर्मिनोले लिभरपुलको जर्सिमा २३५ खेल खेलेका छन् भने ७७ गोल आफ्नो नाममा दर्ता गराएका छन् । उनी सन् २०१५ मा जर्मन बुन्डेसलिगा क्लब होफेनहाइमबाट लिभरपुलमा आबद्द भएका थिए ।

एट्लेटिको म्याड्रिडसँग पराजित भएको च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलको दोश्रो लेगमा गोल गर्दा उनले यो सिजन पहिलो पटक एन्फिल्डमा आफ्नो खाता खोलेका थिए ।

Click to comment

Trending