Headline

माटिचलाई २०२१ सम्म युनाइटेडले राख्ने

Published

on

म्यानचेस्टर युनाइटेडले नेमान्जा माटिचलाई अर्को एक बर्ष सम्म क्लबमा राख्न प्रकृया शुरु गर्ने भएको छ ।
३१ बर्षिय मिडफिल्डर माटिचको यो सिजनको अन्त्यसँगै सम्झौता पनि सकिन्छ तर युनाइटेड उनलाई ओल्ड ट्राफोर्डमा नै राख्न चाहन्छ । उनलाई आफ्नै क्लबमा राख्न पाउने अधिकार प्रयोग गरेर भएता पनि युनाइटेडमा राख्न आतुर रहेको छ ।
पौल पोग्बा र स्कट म्याकटोमिने घाइते भएका कारण यस सिजन लामो समय देखि मैदान बाहिर रहेका छन् र उनीहरुको अनुपस्थितिमा माटिक ओल्ड ट्राफोर्ड क्लबका लागि महत्वपुर्ण सदस्यका रुपमा रहँदै आएका छन् र उनले प्रमाणित पनि गरेका छन् जसका कारण क्लबले उनलाई अर्को एक बर्ष आफ्नो क्लबमा राख्न खोजेको हो ।
युनाइटेडका म्यानेजर ओले गनर सोल्सक्जारले पनि माटिच अर्को एक बर्षका लागि क्लबमा नै रहने जनाएका छन् । ‘हामीहरूले माटिचसँग सल्लाह गरिसकेका छम् र उनी पनि युनाइटेडमा बस्न तयार छन् । उनी शतप्रतिशक हामीसँगै अर्को एक बर्षका लागि हुनेछन् ।’
सन् २०१७ मा ४० मिलियन पाउण्ड रकममा तात्कालीन म्यानेजर होसे मउरिन्होले माटिचलाई तीन बर्षको सम्झौतामा चेल्सीबाट युनाइटेड आएका थिए । उनले युनाइटेडको लागि १०९ खेल खेलेका छन्  ।

Click to comment

Trending