Headline

कोपा अमेरिका पनि एक बर्षका लागि स्थगित

Published

on

दक्षिण अमेरिकाको सबै भन्दा ठुलो अन्तरदेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका एक बर्षका लागि सारीएको छ ।

२०२० को जुन–जुलाईमा हुने भनिएको प्रतियोगिता २०२१ मा गरिने दक्षिण अमेरिकी फुटबल संघले जनाएको छ । युरोपमा रहेका खेलाडीहरूको संख्या ठूलो भएको कारण यो निर्णय लिइएको संघले जनाएको छ ।

प्रतियोगिताका लागि दक्षिण अमेरिका फर्किनु पर्ने भएकाले कोबिड–१९ बाट बच्न सेल्फ आइसोलेसनमा बसेका खेलाडीलाई कोरोनाको प्रकोप नसकिए सम्म बोलाउन नमिल्ने भएपछि यस्तो निर्णय गरिएको हो ।

अर्जेन्टिनामा कोरोनाभाइरसबाट कम्तिमा दुई जनाको मृत्यु भइसकेको छ भने कोलम्बियाले यसका सिमानाबाट आप्रवासीहरुको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । मंगलबार ब्राजिलमा पहिलो कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि कोपा सार्ने निर्णय लिइएको हो ।

Click to comment

Trending