Euro 2020

युरो कप एक बर्ष पछाडी धकेलियो

Published

on

कोरोनाभाइरसको प्रकोपले खेलकुदको तालिकालाई ठूलो क्षती गरेको छ। युरोपका सबै प्रमुख फुटबल लीगहरू अर्को सूचना नभएसम्म निलम्बित छन् भने आउने जुन-जुलाईमा हुने भनिएको युरो कप २०२० पनि बाह्र महिनाका लागि स्थागित गरिने भएको छ।

द टाइम्सका अनुसार फुटबल संघले कोरोना भाइरसको कारण यूईएफएको योजना असफल भएको जनाएको छ।   यूरो २०२० फाइनल, सेमीफाइनल, अन्तिम १६ का खेल र इङ्ल्यान्डका समूहको तीन खेल लन्डनको वेम्बलीमा खेलाउने तलिका थियो।

यूईएफएको स्थगन योजनाले समान ढाँचा र युरोपभरि त्यहि बाह्र स्थानहरूमा खेलाउने भने पनि प्रतियोगिता एक बर्ष ढिलो गरिने भएको छ।  यस निर्णयलाई तीन सम्मेलनहरूमा पूर्ण रूपमा भिडियो सम्मेलन मार्फत गरिएको बैठकले पारीत गरेको हो।

यसैबीच, नेशन्स लिगको सेमीफाइनल जुन २०२१ मा हुने छ। यो प्रतियोगिता अगाडि बढ्नु पर्छ वा पर्दैन भन्ने सम्बन्धमा अर्को वार्ता पनि  गरिने भएको छ।

महिलाको यूरो २०२१ च्याम्पियनशिप अर्को वर्ष जुलाईको पहिलो सता सुरु हुने भए पनि त्यो प्रतियोगिता समेटा एक बर्षको लागि स्थगित गर्नु पर्नेछ। फिफाको नयाँ क्लब वर्ल्ड कपमा २४ -टोली समेट्ने छ जसमा युरोपबाट आठ वटा समावेश छ। र महिला युरोले पार्ने प्रभावले उक्त प्रतियोगिता पनि एक बर्ष ढकालिइन लागेको हो।

प्रोफेशनल फुटबलर एसोसिएशनका प्रमुख कार्यकारी गोर्डन टेलरले युरो २०२० लाई स्थगित गर्नु भनेको ‘सकारात्मक कदम’ हो भनेर प्रतिकृया दिदै यूईएफएको निर्णयलाई बचाउ गरेका छन् ।

Click to comment

Trending