Headline

अन्ततः एन्फाले गर्यो सबै फुटबल गतिविधि ठप्प

Published

on

अखिल नेपाल फुटबल संघले अन्तत आफू अन्तर्गतका सम्पूर्ण फुटबल गतिविधिहरु बन्द गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण संसार भर नै खेलकुद गतिविधि ठप्प भइरहेको बेला एन्फाले शहीद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगिता जारी नै राखेको थियो ।
नेपाल सरकारले नै सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिइरहदा एन्फाले भने आफ्नो एस्ट्रो टर्फमा बि डिभिजन लिगलाई निरन्तरता नै दिइरहेको थियो । एन्फालाई पनि आफ्नो गतिविधिहरु तत्कालका लागि बन्द गर्न दवाब आइरहेको थियो ।

एन्फाले कोरोना संक्रमणबाट सचेत रहनका लागि एन्फा मैदानमा प्रवेश गर्नेहरुका लागि थर्मल गन पनि प्रयोग गर्दै आइरहेको थियो । मङ्गलबार एक बिज्ञप्ति जारी गर्दै एन्फाले आफ्ना सम्पूर्ण गतिविधिहरु एक साताका लागि स्थगित गरिएको जनाएको छ ।

साथै एन्फाले आफ्नो कार्यालय पनि बन्द गर्दै घरबाटै काम गर्ने व्यवस्थाको तयारी गरिरहेको पनि बताएको छ ।

Click to comment

Trending