राष्ट्रिय

बी डिभिजन: आर.सी.टिको बराबरी, सातदोबाटोको अपराजित यात्रा कायमै

Published

on

बोइज युनियनले आफ्नो गोलको आग्रता जोगाउन नसक्दा शहीद स्मारक बी डिभिजन लिगमा आर.सी.टि सँग बराबरीमा रोकिएको छ।

सातदोबाटो स्थित एन्फा क्मप्लेक्समा भएको खेलमा बोइज युनियनले आर.सी.टि सँग २-२ गोलको बराबरी खेलेको छ।

आरसीटिका लागि अजित गुरुङले खेलको तेस्रो मिनेटमा गोल गर्दै आग्रता दिलाएका थिए। खेलको १४ औँ मिनेटमा बोइज युनियनका कप्तान टंन्क बहादुर सिङदानले गोल गर्दै खेल बाराबरीमा ल्याउन सफल भएका थिए। त्यस्को दस मिनेट नबित्दै आरसीटिका राकेश हमालले आत्मघाती गोल गर्दै बोइज युनियनलाई २-१ को आग्रता दिलाएका थिए। पहिलो हाफको ३५ मिनेटमा आरसीटिका नबिन मान कर्माचार्यले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याउन सफल भएका थिए। दोस्रो हाफमा कुनै पनि गोल गर्न नसकेपछी दुबै टोलीले १-१ अंक बाड्न बाध्य भएका थिए।

आजै भएको अर्को खेलमा झम्सीखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई १-१ गोलको बाराबरीमा रोक्न सफल भएको छ।

झम्सीखेलले खेलको १० औँ मिनेटमा भुवान राइको गोल बाट आग्रता लिएको थियो। लक्षमण थापाले दिएको क्रसलाई गरेको उत्कृष्ट हेडिङ पोलमा लाग्न पुगे पनि आँफैले रिबाउन्डमा गोल गरेका थिए। पहिलो हाफमा दुबै टोलीले राम्रो मौका हरु गुमाए पनि दोस्रो हाफमा भने आक्रामक खेल खेल्दै ७१ औँ मिनेटमा बिरेन्द्र लिम्बुले सातदोबाटोलाई १-१ गोलको बाराबरीमा ल्याउन सफल भएको थियो। ७५ औँ मिनेटमा झम्सीखेलले खेलमा फर्किने मौका गुमाएको थियो। फर्वार्ड इनाम तमाङले राम्रो मौका सदुपयोग गर्न सकेनन।

खेल सँगै आरसीटी छ अंकका साथ नवौँ स्थानमा छ भने बोइज युनियन ७ अंकका साथ सातौँ स्थानमा रहेको छ। सातदोबाटो भने आफ्नो अपरजित यात्राा कयम राख्दै १६ अंकको साथ पहिलो र झम्सीखेल छ अंकका साथ आठौँ स्थानमा रहेको छ।

Click to comment

Trending