राष्ट्रिय

बी डिभिजन : सबिनको ह्याट्रिक्कमा खुमलटार बिजयी, श्री भागवतीको बराबरी

Published

on

सविन केसीको ह्याट्रिक सँगै सहिद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब बिजयी भएको छ ।

खुमलटारले श्री कुमारी क्लब लाई ३–१ ले पराजित गर्यो । बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवौँ मिनेटमा खुमलटारले अग्रता बनायो । सविनले गोल गर्दै खुमलटाराई १–० को अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेट भित्रै कुमारीले बराबरी गोल फर्कायो । १२ औँ मिनेटमा कुमारीका मिशन लामाले गोल गरे । निकै रोचक बनेको खेलको पहिलो हाफको १५ औँ मिनेटमा खुमलटारले अर्को गोल थप्यो । सविनले टोलीका लागि दास्रो गोल गरे । यस्तै ४२ औँ मिनेटमा सविनले ब्यक्तिगत तेस्रो गोल गरे भने टिमलाई ३–१ को अग्रता दिलाए। दोस्रो हाफमा कुनै गोल हुन सकेन।

आज भएको दोस्रो खेलमा भने श्री भगवती क्लव र टुसाल क्लबले बराबरी खेलेका छन् । एन्फा कमप्लेक्स सातदोबाटोमा बुधबार भएको दोस्रो खेलमा भगवती र टुसालले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको अन्तिम समय सम्म अग्रता जोगाउन नसक्दा भगवती अंक बाँड्न बाद्य बन्यो । खेलमा सुरुवाती अग्रता भगवतीले बनायो । खेलको आठौँ मिनेटमा मोहनबहादुर थापाले गोल गर्दै भगवतीलाई अग्रता दिलाए । भगवतीले अग्रता अतिरित्त समयको अन्मि मिनेट सम्म जोगाएर राख्यो । तर थपिएको समयको चौथो मिनेटमा संगम साहीले गोल गर्दै टुसाललाई महत्वपुर्ण १ अंक दिलाए ।

पाचँ खेल खेलेर चारमा जित र एकमा बराबरी गरेको खुमलटार लिगमा अपरजित छ। भने श्री कुमारी ३ अंक सहित तालिकाको १० औँ स्थानमा छ । बराबरी सँगै लिगमा टुसालले ५ खेलमा ८ अंक बनाएको छ भने श्री भगवतीले ५ खेलमा ५ अंक बनाएको छ ।

Click to comment

Trending