Headline

फुटबलरहरूलाई गिनी पिग जस्तै व्यवहार गरियो: वेन रुनी

Published

on

पुर्व इङ्गल्याण्ड स्ट्राइकर र म्यानचेस्टर युनाइटेड स्टार वेन रुनीले कोरोना भाइरसको संक्रमणले सबै क्षेत्रमा प्रभाव पार्दा सरकार र पदाधिकारीहरुले फुटबल खेलाडीहरूलाई गिनी पिग को रूपमा व्यवहार गरेको बताएका छन् ।

भर्खरै इङ्गलिस एफ ए ले इङ्गलिस प्रिमियर लिग सहित इङ्गल्याण्डका सबै फुटबल गतिविधिमा रोक लगाएको छ । यो रोक अप्रिल ३ सम्म जारी रहनेछ । प्रिमियर लिगले मेडिकल सुझाव र परिस्थिति अनुरुप मात्र अर्को निर्णय लिने पनि जनाएको छ ।

खेलाडी, स्टाफ र तिनीहरूका परिवारका लागि पछिल्लो एक हप्ता चिन्ता मै बितेको छ । यो समय यस्तो समय रहन पुग्यो जहाँ सरकार, इङ्गलिस एफए र प्रिमियर लिगले त्यो नेतृत्वदायी भुमिका खेल्न सकेन, रुनीले भने ।

मानव जातिसँग धेरै समानता रहने भएका कारण मुसा जस्तै देखिने गिनि पिग लामो समयदेखि बैज्ञानिक प्रयोगका लागि प्रयोग हुदै आएको छ । यसको मतलव गिनी पिगको मुल्य छैन । इङ्गलिस प्रिमियर लिग कोरोना भाइरस फैलदै गर्दा स्थगित हुने सबैभन्दा ठूलो स्तरको फुटबल गतिविधि हो ।

“टेनिस, फर्मूला वान, रग्बी, गल्फसँगै अन्य देशहरूमा फुटबल बन्द भइसक्दा हामीलाई भने खेल्न लगाइयो । मलाई लाग्छ धेरै फुटबल खेलाडीहरुले यसमा व्यापक पैसाको संलग्नता रहेको त होइन भनेर पनि सोचेका थिए । हामी शुक्रवार सम्म किन पख्र्यौ ? किन ङ्गल्याण्डमा फुटबल बन्द हुनका लागि मिकेल आर्टेटा (आर्सनल व्यवस्थापक) लाई विरामी नै हुन पर्यो ?”

“आपातकालीन बैठक पछि अन्तिममा सही निर्णय भयो तर त्यसपछि इङ्गल्याण्डका फुटबलरहरूलाई गिनी पिगकै रुपमा व्यवहार गरिएको जस्तो महसुस भइसकेको थियो । सबै कुरा थाहा हुदा हुदै पनि खेल्न अनिवार्य रहेको स्थितिमा म बाट मेरो परिवार संक्रमित हुने स्थिति रह्यो भने म पदाधिकारीहरुलाई कहिले पनि माफ गर्ने छैन,” दोश्रो श्रेणीको इङ्गलिस च्याम्पियनसिपमा डर्बिसँग खेलाडी र प्रशिक्षकको रुपमा दुई महिना बिताइसकेका ३४ बर्षिय रुनीले भने ।

आर्सनलका व्यवस्थापक आर्टेटा र अन्य प्रिमियर लिगमा आबद्ध खेलाडीहरुमा कोरोना भाइरस पाइएपछि मात्रै प्रिमियर लिग स्थगित भएको थियो । अन्य कैयौ देशहरुमा भने यसअघि नै फुटबल मात्र नभएर खेलकुद गतिविधिमा नै रोक लगाइएको छ ।

Click to comment

Trending