Headline

बी डिभिजन : पुल्चोकले पहिलो अंक जोड्दा,बाँसबारी पराजित

Published

on

शहीद स्मारक बी डिभिजनमा पुल्चोक स्पोर्टस क्लबले आफ्नो पहिलो एक अंक जोड्न सफल भेको छ।

सतदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुल्चोकले झम्सीखेल युथ क्लब सँग १-१ गोलको बराबरी खेलेको हो।

खेलका दुबै गोल दोस्रो हाफमा भएका थिए। पुल्चोकका लागि आकाश रानाले खेलकै पहिलो गोल ७३ औँ मिनेटमा गरेर टोलीलाई अग्रता दियता पनि पुल्चोकले आग्रता धेरै बेर जोगाउन सकेन। गोल खाए पछी आक्रामक खेल देखाएको झम्सिखेलले ८५ औँ मिनेटमा मदन स्यङ्तानको गोल बाट खेल बराबरीमा ल्याउन सफल भएको थियो।

बी डिभिजनमा आज नै भएको अर्को खेलमा भने बाँसबारी क्लब नयाँ बस्ती युवा क्लब सँग १-० गोलले पराजित हुन पुग्यो।

खेलमा दुबै टोली राम्रो मौका श्रीजना गरे पनि मुभ अनुसारका गोल भने गर्न सकेनन। नयाँ बस्तीका लागि सजन राइले ९० मिनेट पछी थपिएको इन्जुरी टाइममा गोल गर्दै नयाँ बस्तीले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ।

यि खेल पुल्चोक एक अंकका साथ लिगको एघारौँ स्थानमा छ भने झम्सिखेल आठौँ, बाँसबारी दोस्रो र नयाँ बस्ती चौथोँमा रहेका छन। लिगमा १५ अंकका साथ सातदोबाटो युथ क्लब पहिलो स्थानमा रहेको छ।

Click to comment

Trending