Headline

ओलम्पिक तोकिएकै समयमा हुन्छः जापानी प्रधानमन्त्री

Published

on

जापानी प्रधानमन्त्री शिन्जो अबेले जुलाईमा टोकियोमा आयोजना हुने ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् ।

पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरस) का कारण विश्वभर सञ्चालन हुँदै आएका खेलकुद गतिविधिमा विभिन्न देशका सरकार र खेलकुद संघहरुले रोक लगाएका छन् । कोभिड–१९ ले ओलम्पिक आयोजना हुने न हुने भन्ने बिषयमा पनि बहस शुरु भएको अवस्थामा जापानी प्रधानमन्त्रीको यस्तो धारणा आएको हो । कोरोनाका कारण नै ओलम्पिक छनोटका खेलहरु पनि प्रभावित भएका छन् ।

जापानमा कोरोनाका १४ सय बिरामी भेटिएका छन् भने २८ जनाको मृत्यु पनि भएको छ । तर अबे समयमा नै ओलम्पिक गराउन सक्नेमा आशावादी छन् । उनी भन्छन्, “हामी कोरोना माथि विजय हासिल गर्छौ र कुनै समस्या बिना ओलम्पिक आयोजना गर्छौ ।”

अबेले टोक्यो ओलम्पिक २०२० समयमा नै हुने कि न हुने भन्ने अन्तिम निर्णय भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले लिने पनि धरणा ब्यक्त गरे ।
जापानले गत डिसेम्बरमा आयोजना गरेको एक पत्रकार सम्मेलनका क्रममा टोक्यो ओलम्पिक २०२० मा १.३५ ट्रिलियन जापानिज येन खर्च हुने जनाएको थियो ।

Click to comment

Trending