Headline

क्लबले पोखरामा पाएको समर्थनले निकै खुशी छुः मनाङ प्रशिक्षक

Published

on

छैटौं पटक उपाधि जित्दै मनाङ मस्र्याङ्गदी क्लब शनिबार आहा–रारा गोल्ड कपको सबैभन्दा सफल टोली बन्न पुग्यो । प्रतिस्पर्धात्मक फाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा ४–३ हराउन सफल भयो । जितँगै मनाङले आफू फेरि पनि मोफसलका प्रतियोगिताहरुको उत्कृष्ट टोलीको रुपमा रहेको साबित गरेको छ । के भने त फाइनलपछि दुवै टोलीका प्रशिक्षकहरुले ?

फुजा तोपेः मनाङ

हामीलाई सेमिफाइनल पछि एक दिनमात्र बिश्राम गर्ने समय भएकोले केटाहरु थकित रहेका थिए । पुलिसले हामीले सोचेको भन्दा राम्रो खेल प्रदर्शन गर्याे । यहाका दर्शकहरु देख्दा मलाई निकै खुशी लग्यो । मनाङले जुन किसिमको समर्थन पायो त्यो क्लबको लागि निकै राम्रो हो । यहा खेल्दा मलाई पनि निकै नै रमाइलो लाग्ने गरेको छ । उपाधि जित्न पाउदा निकै हर्षित छु । अब केही महिनाका लागि कुनै प्रतियोगिता नहुने भएकाले सबै खेलाडी घर जने कुरा छ । म चाही त्यो बारे ठ्याक्कै बोल्न सक्दिन किनभने मनाङसँग मेरो सम्झौता एक बर्षको छ । म यहा एक सिजन काम गर्ने छु ।

अनन्त थापा, नेपाल पुलिस

यो खेल मात्र हैन पुरा प्रतियोगितानै हेर्ने हो भने म ठिकै मात्र भन्न चाहन्छु । नयाँ खेलाडीहरु रहेकाले हाम्रो खेल्ने तरिका पनि नौलो नै छ । केटाहरुलाई अझै प्रशस्त प्रशिक्षणको आवश्कता रहेकोले म यो प्रतियोगिता हाम्रो लागि औषत रहेको मान्छु । मनाङलाई हेर्ने हो भने उनीहरु सँग एउटा फाइदा विदेशी खेलाडीकै छ । हामीले आज जुन खेल देखाएका छौँ त्यसमा म खुशी छु । अतिरिक्त समय देखी पुरा खेल राम्रो खेले पनि पेनाल्टीमा हर्न पुग्यौं । त्यो एउटा भाग्यमा पनि भर पर्ने कुरा हो तर फाइनलमा चुक्न पुग्दा भने दुख लागिरहेको छ ।

Click to comment

Trending