Headline

अस्ट्रेलिया र न्युजिल्यान्डको शृंखला पनि रद्द 

Published

on

विश्वभर फैलिएको कोभेड १९ (कोरोना भाइरस) का कारण अस्ट्रेलिया र न्युजिल्यान्ड बीचको तीन खेलको शृंखलाको बाँकी दुई खेल रद्द गरिएको छ ।

हिजो सम्पन्न पहिले एकदिवसीय खेल बन्द रंगशाला (दर्शक बिहिन) मा आयोजना गरिएको थियो । उक्त खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

 

अस्ट्रेलिया र न्युजिल्यान्ड बीचको दुई एकदिवसीय खेल तथा मार्च २४ तारिखबाट शुरु हुने तीन ट्वान्टी ट्वान्टी खेलको शृंखला पनि रद्द गरिएको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले कोरोनाको खतरा कम भए पछि न्युजिल्यान्ड क्रिकेट बोर्डसँग सल्लाह गरेर ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलको शृंखलाको नयाँ मिती सार्वजनिक गर्ने जनाएको छ ।

 

न्युजिल्यान्ड टोली आफ्नो देश फर्कीसकेको छ ।

 

त्यस्तै कोरोनाका कारण भारत र दक्षिण अफ्रिका बीचको एकदिवसीय शृंखला पनि रद्द भएको छ । भारत र दक्षिण अफ्रिका बीचको एकदिवसीय शृंखला पनि रद्द भएको छ । कोरोना भइरसका नै कारण इन्डियन प्रिमिएर लिग (आईपीएल) पनि पछिलाई सरेको छ । मार्च २९ तारिखबाट शुरु हुने भनिएको प्रतियोगिता अब अप्रिल १५ तारिखबाट मात्र शुरु हुने भएको छ ।

Click to comment

Trending