Headline

मनाङलाई छैटौं पटक आहा–रारा गोल्ड कप

Published

on

गौरव फुयाल, पोखरा

नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा ४–३ ले पराजित गर्दै मनाङ मस्र्याङ्गदी क्लब आहा–रारा गोल्डकपको सर्वाधिक सफल टिम बन्न सफल भएको छ ।

पुलिसका लागि भोला सिलवाल, हेम तामङ, बुद्ध बल तामङले गोल गरे भने तेज र अजित भन्डारीको प्रहार मनाङका गोलकिपर अशोकले बचाए । मनाङका लागि अन्जन, पुजन उपरकोटि, रन्जन बिष्टले गोल गरे भने निशान लिम्बुको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाए ।

पोखरा रँगशालामा सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाईब्रेकर बाट भएको थियो । त्यसमा मनाङले बाजी मार्दै किर्तिमानी छैटौं पटक उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

पहिलो हाफमा दुबै टोलिले राम्रो मौका सृजना गरेका थिए । १३ औँ मिनेटमा अन्जन बिस्टको क्रसलाई विदेशी खेलाडि फ्लोरेन्टले पोस्टको दिशा दिन सकेनन् । १९ औँ मिनेटमा अन्जनलाई लडाएपछि प्राप्त फ्रि किकमा कमल श्रेष्ठले गरेको प्रहारले बिमल रानालाई भेट्टाएपनि उनको हेडर भने थोरै मात्र बाहिरिएको थियो ।

३७ औं मिनेटमा पुलिसका लागि तेज तामाङले गरेको प्रहार अशोक बरालले बचाएका थिए । ४२ औँ मिनेटमा बिमलले गरेको एक्रोव्याटिक सटलाई पुलिसका अजित भन्डारीले गोल लाइनबाट क्लियर गरिदिएका थिए ।

दोस्रो हाफको शुरुवात बाट नै आक्रमक देखिएको पुलिसले ४८ औं मिनेटमा गोल गर्ने मौका गुमायो । नीर कुमार राइले गरेको प्रहार अशोकले बचाएका थिए । ५६ औं मिनेटमा तेजको लामो प्रहार बहिरिन पुग्दा पुलिस अग्रता लिन फेरि चुकेको थियो । ५९ औँ मिनेटमा मनाङका अन्जनले गरेको ऐक्रोब्याटिक सट पोस्टबाट थोरै बाहिरिन पुग्यो ।

Click to comment

Trending