राष्ट्रिय

फाइनलको पहिलो हाफ बराबरीमा

Published

on

पोखरामा जारी १८ औँ आहा रारा गोल्डकपको मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबको खेल जारी रहदा हाफटाइम सम्मको खेलमा दुबै टोलि गोल बिहिन हुँदै ०-० को बराबरी खेलेका छन।

पहिलो हाफमा दुबै टोलिले राम्रो मौका सृजना गरेका थिए। १३ औँ मिनेटमा अन्जन बिस्टको क्रसलाई विदेशी खेलाडि फ्रोल्रेन्टले राम्रो गोल गर्ने मौका गुमाउन पुगेका थिए ।  १९ औँ मिनेटमा अन्जन बिष्टलाई लडाए पछी कमल श्रेष्ठको  फ्रीकिक्क प्रहारलाई बिमल रानाले गरेको हेडिङ थोरै बहिरिन पुगेको थियो। खेलको २५ औँ मिनेटमा पाएको फ्रीकिक्कलाई मनाङले सदुपयोग गर्न सकेन।  ३५ औँ मिनेटमा अन्जनले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। ३७ औँ मिनेटमा पुलिसका लागि तेज तामाङले गरेको प्रहार अशोक बरालले बचाए। ३८ औँ मिनेटमा बिमल राना फेरि चुक्न पुग्दा मनाङ आग्रता लिन चुकेको थियो। ४२ औँ मिनेटमा बिमल रानाले गरेको आक्रोबाटिक सटलाई पुलिसका अजित भन्डारीले गोल लाइनबाट क्लियर गरिदिएका थिए। पहिलो हाफमा १ मिनेट समय थपिए पनि दुबै टोलि गोल बिहिन रहे ।

दोस्रो हाफको खेल बांँकि रहदा दुबै टोलि उतिकै हावी देखिएका छ्न।

 

Click to comment

Trending