Headline

कोरोनाले भारत र दक्षिण अफ्रिकाको शृंखला पनि रद्द  

Published

on

भारत र दक्षिण अफ्रिका बीचको एकदिवसीय शृंखला पनि रद्द भएको छ ।
विश्वभर फैलिएको कोभेड १९ (कोरोना भाइरस) का कारण तीन खेलको शृंखलाको बाँकी दुई खेल रद्द गरिएको हो । २४ घण्टा अघि मात्र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अबका बाँकी खेल बन्द रंगशाला (दर्शक बिहिन) मा आयोजना गर्ने बताएको भएता पनि शृंखला नै रद्द गरेको हो ।
बीसीसीआई र दक्षिण अफ्रिका क्रिकेट बोर्ड दुबैको सहमतीमा शृंखला नै रद्द गरिएको हो । दुबै बोर्डले अब उपयुक्त समय मिलाएर तीन खेलको शृंखला आयोजना गर्ने जनाएको छ । यस अघि भएको पहिलो एकदिवसीय खेल बर्षाका कारण रद्द भएको थियो ।
त्यस्तै कोरोना भइरसका कारण इन्डियन प्रिमिएर लिग (आईपीएल) पनि पछिलाई सर्ने भएको हो । मार्च २९ तारिखबाट शुरु हुने भनिएको प्रतियोगिता अब अप्रिल १५ तारिखबाट मात्र शुरु हुने भएको छ ।
केहि समय अघि बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले कोरोनाले आईपीएललाई प्रभावित नगर्ने र समयमा नै हुने जनाएका थिए । तर आज हिजो बीसीसीआईको बैठकले नै आईपीएलको मिती सार्ने भएको हो ।
यस अघि बीसीसीआईले आईपीएलका खेलहरु बन्द रंगशाला अर्थात् दर्शकलाई रंगशालामा छिर्न नदिए र भएता पनि खेल गराउने भन्दै आएको थियो ।

Click to comment

Trending