Headline

पोखरामा मनाङ, पुलिसबीच ‘क्लासिक’ फाइनल भिडन्त

Published

on

दिपेश तिमल्सिना, पोखरा

आहा-रारा गोल्डकपको १८ औँ संस्करणको फाईनलमा चिरपरिचित प्रतिद्वन्दी नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। आज जित्ने टोलि यस प्रतियोगिताको हालसम्मकै सर्वाधिक सफल टोलि बन्ने छ। हालसम्म  पुलिस, थ्रीस्टार र मनाङले बराबर ५ पटक जितिसकेका छन्। आज हुने फाइनल खेल दिउँसो २ बजे पोखरा रंगशालामा सुरु हुनेछ।

नेपाल पुलिस क्लब साविक विजेता थ्रीस्टार क्लबलाई ३-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने मनाङ मर्स्याङ्दी क्लबले फाइनल प्रवेशको लागी नेपाल आर्मी क्लबलाई ३-२ ले पराजित गरेको थियो।

खेल जित्नेमा दुवै टोलीका कप्तान आत्मविश्वाशी देखिएका छन्। पुलिसका कप्तान भरत शाह खेलाडीको मेहेनत , लगनशिलता र खेलमा अहिले देखिरहेको तालमेलको कारण आफ्नो टोलि जित्ने दाबी गर्छन भने मनाङका कप्तान कमल श्रेष्ठ टोलीको पछिल्लो नतिजा र प्रशिक्षकको उच्च रणनितिको आधारमा आफ्नो टोलि अगाडी रहेको बताउछन।

मनाङका प्रशिक्षक फुजा तोपेले खेल पुलिसको पछिल्लो खेलहरु र रणनीति अनुरुप खेल्ने बताए। उनले भने, “पुलिस क्लब राम्रो टोलि हो र उच्च लयमा रहेको छ।  खेल प्रतिस्पर्धात्मक हुने छ।”

त्यस्तै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा खेल ५०-५० को स्थितिमा रहेको र मैदानमा शतप्रतिशत खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने बताए।  उनले भने, “मनाङ विगतमा जस्तो स्टार खेलाडीले भरिएको छैन। हामीले उनिहरुको खेल हेरर रणनीति तयार गरेका छौ। रणनीति अनुरुप खेल्न सक्यौं भने नतिजा हाम्रो पक्षमा आउने छ।”

साहारा क्लबले आयोजना गर्ने यस प्रतियोगिता पहिलो पटक क्याराभान गोल्डकपको नाममा आयोजना भएको थियो।  क्याराभानसहित जोड्दा १८ मध्ये १६ उपाधि नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले जितेका छन् । त्यसबाहेक २ वटा क्लबले मात्र आहा रारा गोल्ड कप समान १ पटक जितेका छन् । अफ्रिकन मुलका खेलाडी सम्मिलित अफ्रिकन युनाइटेडले २०६२ र आयोजक सहाराले २०७० मा उपाधि जितेको थियो ।

आहा रारा र क्याराभान गोल्ड कपका विजेता
२०७५ थ्री स्टार क्लब
२०७४ पुलिस
२०७३ मनाङ
२०७२ मनाङ
२०७१ थ्री स्टार
२०७० सहारा
२०६९ थ्री स्टार
२०६८ मनाङ
२०६७ थ्री स्टार
२०६६ पुलिस
२०६५ पुलिस
२०६४ पुलिस
२०६३ थ्री स्टार
२०६२ अफ्रिकन युनाइटेड
२०६१ मनाङ
२०६० मनाङ
२०५९ पुलिस
२०५८ पुलिस (क्याराभान गोल्ड कप)

Click to comment

Trending