राष्ट्रिय

आर.सी.टीको पहिलो जितमा अजितको ह्याट्रिक

Published

on

अजित गुरुङको ह्याट्रिकको मद्धतमा आर.सी.टीले शहद स्मारक बी डिभिजन लिगमा आफ्नो पहिलो जित निकालेको छ।

लिगमा आफ्नो पहिलो जित दर्ता गराउने क्रममा आर.सी.टीले मध्यपुर युथ असोसियसनलाई ३-० गोलले हराउन सफल भएको हो।

अजितले आफ्नो पहिलो गोल सातौँ मिनेटमा गरेका थिए। खेलको पहिलो मिनेट देखी नै हावी देखिएको आर.सी.टीले खेल भरी नै मध्यपुरलाई दबाबमा राख्न सफल भयो। आर.सी.टीका लागि दोस्रो गोल गर्ने क्रममा अजित गुरुङले ४९ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरेको थिए। ह्याट्रिकपुरा गर्ने क्रममा उन्ले ९० औँ मिनेटमा तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। उनी म्यान अफ द म्याच बन्न पनि सफल भए।

खेलमा जित सँगै आर.सी.टीको लिगमा पाचँ अंकका साथ सातौँ स्थानमा भने जित बिहिन मध्यपुर एक अंकका साथ् एघारौँ स्थानमा रहेको छ।

1 Comment

Trending