Headline

प्रिमियर लिग स्थगनपछि युरोपमा फुटबल ठप्प

Published

on

इङ्गलिस एफएले कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै इङ्गलिस प्रिमियर लिगसहित अन्य सबै फुटबल गतिविधिहरु स्थगित गर्ने निर्णय लिएको छ ।

स्थगन अप्रिल ३ सम्मका लागि जारी गरिएको छ । प्रिमियर लिग, इङ्गलिस फुटबल लिग, एफए उमन्स सुपर लिग र उमेन्स च्याम्पियनसिप सबै स्थगित गरिएको छ । मेडिकल सुझाव र अवस्था हेरेर सबै खेलहरु अप्रिल ४ देखि सुचारु गर्ने भनिएको छ ।

इङ्गल्याण्ड मार्च २७ मा इटाली र त्यसको चार दिनपछि डेनमार्कसँग खेल्ने तालिका रहेको थियो तर त्यो पनि स्थगित गरिएको छ । यसअघि युरोपियन फुटबलको सर्वोच्च निकाय यइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु पनि स्थगित गरेको थियो भने अन्य ठूला फुटबल लिगहरु पनि बन्द भइसकेका छन् ।

युइएफएले युरोपियन च्याम्पियन्सिपको तालिका हेरेफेर गर्ने तर्फ पनि बिचार गरिरहेको छ । चिनबाट फैलिएको कोरोना भाइरस अहिले संसार भर फैलिसकेको छ भने ज्यान गुमाउनेहरुको संख्या ४६ सय नाघिसकेको छ । अमेरिकामा पनि एनबिएलाई अनिश्चितकालका लागि रोकिएको छ ।

Click to comment

Trending